‘व्यापार युद्ध’लाई लिएर अमेरिका–चीनबीच वार्ता सुरु

२०७६ असार २५, बुधबार ११:४६ गते २०७६ असार २५, बुधबार ११:४६ गते २०७६ असार २५, बुधबार ११:४६ गते

वासिङ्टन । अमेरिका र चीनबीचको व्यापार युद्ध सुल्झाउनका लागि मङ्गलबार दुवै देशका प्रतिनिधिले फोनवार्ता गरेका छन् । अमेरिकाले चीनमाथि आफ्नो प्रतिबद्धताअनुरुमा काम नगरेको आरोप लगाउँदै आएको छ । उता चीनले पनि अमेरिकाले नचाहिँदो विषयमा आरोप लगाएको बताएको छ । एकअर्काबीचको आरोप–प्रत्यारोपका कारण दुई देशबीच गत मे महिनादेखि संवाद नै हुन छाडेको थियो ।

यी दुवै देशले एकअर्काको सामानमा शुल्क वृद्धि गरेका थिए । यही कारण विवाद निकै बढेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सि जिनपिङबीच जी २० शिखर सम्मेलनको अवसरमा जापानमा भेट हुँदा व्यापार उल्झनबारे पुनः वार्ता गर्ने सहमति भएको थियो । अमेरिकाका वित्तमन्त्री स्टिभेन म्युन्चिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चीनका उपप्रधानमन्त्री लियु हे तथा वाणिज्यमन्त्री झोङ सानसँग मङ्गलबार कुरा गरेका हुन् । ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुदलोभले वार्ता सकारात्मक रहेको सञ्चारमाध्यमलाई जानकारी दिए ।

‘‘यसका बारेमा अहिले नै सबै कुरा भन्नु अलि हतार हुन्छ, तर वार्ता रचनात्मक रहेको छ,’’ उनले भने । कुदलोभले फक्स बिजनेस नेटवर्कलाई दिएको अन्तरवार्तामा दुई देशका प्रतिनिधिबीच भएको वार्तालाई ‘प्रारम्भिक’ बताएका छन् । उनका अनुसार वार्ता पुनः अघि बढ्नेछ ।
(नवभारत टाइम्स)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *