कालो पत्रे गर्ने भनिएको सर्रा–सौडियार जोड्ने सडकैभरी खाल्डै खाल्डा र हिलाम्मे

२०७५ भाद्र ७, बिहीबार ०५:३२ गते २०७५ भाद्र ७, बिहीबार ०५:३२ गते २०७५ भाद्र ७, बिहीबार ०५:३२ गते

घोराही
७ भदौ । दाङको घोराही उपमहानगरपालिका वडानम्वर–१६ सर्रादेखि घोराही ७ सौडियार हँुदै घोराही ५ धर्नासहीत बबई पुलसम्मको सडक आगामी असोजदेखि कालोपत्रे हुने भनिएपनि अहिले उक्त सडक खण्डमा ठुल–ठुला खाल्डा परेका छन् । घोराही ७ सौडियारका स्थानिय बासिन्दाले सडकमा छर्री हालेर सडकको मर्मत सुधार गर्न वडा कार्यालयसंग माग गरेका छन् ।

सडक निर्माण भएको दशकौ बर्ष पुग्दा पनि विच विचमा कसड कालोपत्रेको प्रस्ताव पेश भएपछि सडक पीच हुन सकेको थिएन् । अहिले सडक पिच हुने भएको छ । उक्त वडामा अहिले बर्षादको समयमा सडकमा खाल्डा खुल्डी हुँदा हिलाम्मे हुने भएकाले उक्त सडकमा छर्री नहालेकै कारण सडक हिलाम्मे र खाल्डै खाल्डा परेको स्थानियले गुनासो गरेका छ्न ।

उक्त सडक हिलाम्मे हुँदा डिडडुल गर्न तथा सवारी आवत जावत गर्न समस्या भएको भन्दै तत्काल सडकमा छर्री हालेर सडकको ब्यवस्थापनका लागि पहल गर्न पनि वडा कार्यालयलाई स्थानियको सुझाव छ । उक्त सडक भएर थुप्रै गाडिहरु ओहोर दोहोर गर्ने गर्छन् । सडकमा खाल्डै खाल्डा र हिलाम्मे हुँदा सडकको अवस्था नाजुक रहेको छ । जसका कारण उक्त सडक भएर आवतजावत गर्नेहरुले सास्ति वेहोर्नु परेको छ । सडक हिलाम्मे र खाल्डा खुल्डि हुँदा यात्रु र सवारीसाधनलाई आवतजावतमा समस्या परेको । यस विषयमा घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीलाई बुझ्न खोज्दा छर्री उठाउन नपाएकै कारण सडक हिलाम्मे र खाल्डाखुल्डी भएको बताए ।

वडा अध्यक्ष, वडा सदस्य र वडाका कर्मचारीहरु सोही वाटो भएर दैनिकजसो हिड्ने गरेपनि कुनै चासो नदिएको स्थानियले बताएका छन् । सडक कालोपत्रे नहँुदा वर्षातको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । जसका कारण सडक आसपासमा बसोवास गर्ने र हिडडुल गर्ने नागरिकले हैरानी व्यहोरिरहेका छन् । यद्यपि, सडक आगामी असोजदेखि कालोपत्रे हुने सम्वन्धित निर्माण कम्पनिले जनाएको छ । सडक कालोपत्रेका लागि ठेक्का लिएको रमण के।एस।जे।भी।कम्पनी कैलालीले असोजको पहिलो हप्तादेखि सडक कालोपत्रे गर्ने जानकारी दिएको हो ।
भदौको दोस्रो हप्ता कम्पनीको कार्यालय स्थापना गरी असोजदेखि सडक कालोपत्रे गर्ने कार्यको थालनी गरिने निर्माण कम्पनीले जानकारी दिएको छ । शहरी विकास मन्त्रालयको केन्द्रिय सघन सहरी विकास कार्यक्रमअन्तर्गत घोराही उपमहानगरपालिकाको सिफारीसमा हुन थालेको सर्रादेखि सौडियार हँुदै बबई पुलसम्म सडक कालोपत्रे गर्न भ्याट बाहेक ३५ करोड बजेट विनियोजन भएको छ ।
स्थानीय चुनावका समयमा काग्रेस र अहिले मिलेको नेकपा(तत्कालिन एमाले र माओवादि), राप्रपा लगायतका साना ठुला सबैजसो दलहरुले पनि सर्रा सौडियार सडक कालोपत्रेलाई पहिलो प्राथमिकतामा राखेका थिए । तीन वर्षभित्र काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ । सडक कालोपत्रे हुने भएपछि धर्ना र सौडियार, सर्रालगायतका हजारांै नागरिकलाई घोराही आवतजावत गर्न सहज हुनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *