धनगढी बजार क्षेत्र डुबानमा

२०७६ असार २६, बिहीबार १२:२१ गते २०७६ असार २६, बिहीबार १२:२१ गते २०७६ असार २६, बिहीबार १२:२१ गते

कैलाली । लगातारको वर्षापछि कैलालीका केही क्षेत्र डुबानमा परेका छन् । सदरमुकाम धनगढी बजार क्षेत्रका केही भागहरु डुबानमा परेका हुन् । पानीको उचित निकासका लागि ढलको व्यवस्था नहुँदा बजार क्षेत्र डुवानमा परेको हो ।

पानी पर्ने वित्तिकै वर्षेनी यो क्षेत्र डुबानमा पर्ने गरेको छ । निर्माणाधीन अत्तरिया-मोहना ६ लेन सडक निर्माणका कारण पनि केही भूभाग डुबानमा परेको छ ।जिल्ला विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति एवं कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले खोलाको जलस्तर सामान्य वृद्धि भए पनि खतरामुक्त रहेको बताए ।

नदीको अवस्थाका बारेमा बुझ्न विहानै विभिन्न नदी किनारका बस्तीहरुमा पुगेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले नदी किनारका बस्तीहरुलाई सचेत रहन आग्रह गरिएको बताए ।ठूला नदीहरु कर्णाली, मोहना, पथरैया, गौरिगंगालगायतमा जलस्थर बढ्न सक्ने भन्दै ती नदी किनारका बस्तीहरुलाई सतर्क रहन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

कर्णालीको जलस्तर बिहीबार विहानसम्म ६.५४ रहेको चिसापानीस्थित कर्णाली नदी मापन केन्द्रले जानकारी दिएको छ ।पछिल्लो पटक कैलालीमा पूर्व सूचना प्रणाली लागू भएपछि मानवीय क्षतिमा भने कमि आएको छ ।अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *