साउन २ र १० गते नेपाल बन्दको आह्वान लोकसेवाको विज्ञापनविरुद्ध

२०७६ असार २६, बिहीबार १९:१० गते २०७६ असार २६, बिहीबार १९:१० गते २०७६ असार २६, बिहीबार १९:१० गते

काठमाडौं असार २६ : लोकसेवाको विज्ञापनविरुद्ध साउन २ र १० गते नेपाल बन्दको आह्वान गरिएको छ । आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले लोकसेवा आयोगको असंवैधानिक विज्ञापन रद्द गर्न माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको महासंघले जनाएको छ ।

आन्दोलनका कार्यक्रमः-

२०७६ असार २८ गते प्रचार–प्रसार र पर्चा वितरण काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूमा ।
२०७६ असार २९ गते साँझ मसाल जुलुस काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३० गते साँझ सिठ्ठी जुलुस काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३१ गते उपत्यकाको विभिन्न ठाउँहरूबाट जुलुससहित विशाल जनप्रदर्शन माइतीघर मण्डला र देशैभर ।
२०७६ साउन २ र १० गते नेपाल बन्द ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *