रातो चामलले के असर गर्छ ? जान्नुहोस् साथै शेयर गर्नुहोस् ।

२०७६ असार २६, बिहीबार २३:०३ गते २०७६ असार २६, बिहीबार २३:०३ गते २०७६ असार २६, बिहीबार २३:०३ गते

काठमाडौं । असार १९, धेरै मानिसहरुले आफ्नो स्वास्थ्य अवस्थालाई व्यवस्थित गर्नका लागि पौष्टिक खानेकुरालाई उच्च प्राथमिकतामा राख्ने गरेका छन् । तर कडा संघिय निगरानी तथा एक बृहत् अध्ययनका विना यी खानेकुरा गम्भिर चिकित्सकयि विषय बन्न सक्छन् । एक ६४ वर्षिय महिलाले नफलेको अर्थात रातो चामललाई कोलेस्ट्रोल कम गर्नका लागि आफ्नो खानेकुरामा समावेश गर्दा कलेजोको रोगका कारण अस्पतालनै भर्ना हुनु परेको छ ।जर्नल बीएमजे केस रिपोर्टमा उक्त महिलाको अवस्थाको बारेमा मिचिगनका चिकित्सकहरुको समूहले बताएका छन् । उनले कोलेस्ट्रोल कम गर्नका लागि रातो चामललाई आफ्नो खुराकमा समावेश गरेको उनीहरुले उल्लेख गरेका छन् ।रातो चा मलमा मोनाकोलिन के रहेको हुन्छ । यो तत्व कोलेस्ट्रोलको तह कम गर्नका लागि प्रयोग गरिने लोभास्टाटिन औषधीको गुण भएको रुपमा हेरिएको छ । यसले कलेजोमा क्षति पुर्‍याउने जोखिम पनि त्यत्तिकै मात्रमा रहेको छ । ६ साता सम्म यस किसिमको खाना खाएपछि उक्त महिला अस्पताल भर्ना भएकि थिइन् । उनमा थकान, सुन्निने र कालो पिसाब आउने समस्या देखिएको थियो ।उनका चिकित्सकले उनलाई कलेजोको समस्या भएको निरक्यौल निकाले । यसको प्रमुख कारणमा रातो चामल भएको हुन सक्ने बताइएको छ । उनको अवस्थामा सुधार नआउदाको समयसम्म उनलाई स्टेरोइडको उपचार गरियो । यो एक मात्र बिमारी देखिएपनि यसले रातो बोक्रा भएको चामलको सुरक्षाको बारेमा सवाल खडा गरेको छ । यसलाई अमेरिकामा कत्तिको मात्रामा नियमन गरिएको छ भन्ने विषयमा पनि सवाल खडा भएको छ । केही अध्ययनहरुले रातो चामलले एलडीएल कोलेस्ट्रोललाई कम गर्न सक्ने पाएका छन् । डेट्रोइटमा रहेको म्याकलरेन म्याकम्ब हस्पिटल एन्ड म्याकलरेन ओकल्यान्ड मेडिकल सेन्टरका कार्डियोलोजिस्ट डा. जे मोहनले भनेका छन्,

“स्टाटिनको अन्य विकल्प रहेको थाहा पाउदा निकै रोचक हो । तर रातो चामलको सुरक्षा अवस्थाको समस्या अप्रत्याशित रहेको छ ।”अन्य केस रिपोर्टले रातो चामल प्रयोग गर्ने मानिससमा गम्भिर साइड इफेक्ट परेको देखाएका छन् । यद्यपि अघिल्लो अनुसन्धानको एक समीक्षाले धेरै मानिसमा रातो चामलप्रतिको सहनशीलता रहेको देखाएको छ । अमेरिकामा रातो चामललाई क्लिनिकल परिक्षणमा राखिएको छैन । चिकित्सकको पुर्जाले पनि यसलाई औषधीको रुपमा प्रयोग गरेको र प्रयोगका लागि सुरक्षित र प्रभावकारी भएकै कारण यसलाई क्लिनिकल परिक्षणमा समावेश नगरिएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *