पर्सा – पर्सागढी नगरपालिका-१ का ११ वर्षीय निखिल पटेलको खोलामा डुबेर ज्यान गएको छ ।
शुक्रबार बिहान पर्सागढी नगरपालिकाको सिङ्गीयाही खोलामा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा पटेलकाे खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले जानकारी दिनुभयो ।
खोलामा डुबेका पटेललाई उपचारको लागि वीरगञ्जको गण्डक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए । उनको शव पोष्टमर्टमको लागि नारायणी अस्पतालमा वीरगञ्जमा लगिएको बताइएकाे छ ।
उज्यालो अनलाइन
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0