देश चलाउने नेता असल नहुदा भ्रष्टाचारले चुर्लुम्म डुब्यो’

२०७६ असार २९, आईतवार १२:१२ गते २०७६ असार २९, आईतवार १२:१२ गते २०७६ असार २९, आईतवार १२:१२ गते

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले देश हाक्ने नेता असल भएमात्रै मुहार फेरिने बताएका छन् । नेपाल विद्यार्थी संघ फेदिखोला गाँउपालिकाले आयोजना गरेको एसईई उत्तीर्ण बिद्यार्थीलाई सम्मान कार्यक्रममा नेता गुरुङले देश चलाउने असल नेता नहुदा भ्रष्टाचारले चुर्लुम्म डुबेको बताएका हुन् । समृद्धिको नारा लगाएर सरकारले संस्थागत भ्रष्टाचार गरेको छ नेता गुरुङले भने, भ्रष्टाचार निर्मुल नभएसम्म देश र जनताको मुहार फेरिदैन । हत्या, हिंसा, बलत्कार, महङगीलाई निर्मुल पार्ने प्रतिवद्ता गरेको सरकारले संस्थागत रुपले प्रशय दिएको छ गुरुङले भने ।

राष्ट्रियता कमजोर बनाउने खेल अझै सेलाएको छैन भन्दै नेता गुरुङले आन्तरीक राष्ट्रियता बलियो बनाउनु आवश्यक रहेको बताए । आन्तरीक राष्ट्रियतालाई खलबलाउन जातियता झगडा बनाउन लागेको आरोप गुरुङको छ । पुर्व संविधान सभा सदस्य समेत रहेका गुरुङले जनप्रतिनिधिको सेवा सुविधा बढाएर जनताको ढाड सेक्ने काम भएको नेता गुरुङले बताए । गरिव भन्दा गरिव जनताले तिरेको करबाट राष्टपतिले करोडौको सवारी चढ्नु लज्जास्पद भएको गुरुङले बताए । भ्रष्टाचारलाई रोक्न र राष्ट्रियता बचाउन सबै एक हुने बेला आएको नेता गुरुङको भनाई छ ।

सम्मान कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा पुर्व जिल्ला अध्यक्ष प्रेमराज पौडेल, नेविसंघ जिल्ला अध्यक्ष अजित क्षेत्री, फेदिखोला गाँउपालिकाका कांग्रेस नेता तारापति सुवेदी, कांग्रेस संयोजक महेन्द्र थापा, विश्वबन्धु पौडेल, नारायण पौडेल, सचिव हिक्मतजंग कार्की, रोजिना खड्का लगायतका बक्ताहरुले प्रजातन्त्रलाई कमजोर बनाउने खेल हुन थालेको बताएका थिए ।

फेदिखोला गाँउपालिका नेविसंघका संयोजक महेश खड्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा २७६ बिद्यार्थीलाई सम्मान गरिएको थियो । नेकपा परित्याग गरि नेपाली कांग्रेसमा देवबहादुर अधिकारी प्रवेश गरेका छन् । अधिकारी गाँउपालिकाकै नेकपा पाटीका शक्तिशाली व्याक्ति हुन । उनको प्रवेशले गाँउपालिकालाई ठुलो क्षति पुगेको बताईएको छ ।हाम्राकुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *