अछाम । अछाममा जङ्गली च्याउ र निहुुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो ।
आइतबार बेलुका जङ्गली च्याउ र निहुुरोको तरकारी पकाएर खाँदा मनिषाको मृत्यु भएको छ भने उनकी आमा नरपता बोहरा तथा नरपताका छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर रहेको वडासदस्यसमेत रहेका उनका आफन्त शेरबहादुर बोहराले जानकारी दिए । जङ्गली च्याउ र निहुरो खाएर अवस्था गम्भीर भएका आमाछोराको अहिले बयलपाटा अस्पातालमा उपचार भइरहेको स्थानीय चन्द्र भण्डारीले जानकारी दिए ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0