फेरि किन ढाँटे असारभित्रै पार्टी एकता सम्पन्न हुन्छ भन्दै ओलीले ?

२०७६ असार ३०, सोमबार २१:०४ गते २०७६ असार ३०, सोमबार २१:०४ गते २०७६ असार ३०, सोमबार २१:०४ गते

काठमाडौँ– पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल विदेशबाट फर्किए लगत्तै सांगठनिक एकीकरणको बाँकी काम टुंग्याउने गरी डाक्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक फेरि अनिश्चित बन्न पुगेको छ।नेपाल श्रीलंकाबाट फर्किएकै दिन अर्थात हिजो २९ गते सचिवालयको बैठक डाक्ने र पुरानै मापदण्ड अनुसार जिल्लाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउने तयारी भएको नेकपाका शीर्ष नेताहरुले अभिव्यक्ति दिएपनि पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले फेरिपनि एक्लाएक्लै भेट र छलफललाई प्राथमिकता दिएपछि उक्त बैठक अनिश्चित बनेको छ।

उच्चस्रोतका अनुसार ओली र दाहालले सोमबार पार्टी एकीकरणका बाँकी कामलाई लिएर लामो छलफल गरेका छन्।तर उनीहरु सचिवालय बैठकको मिती तोक्ने र एकीकरणका सम्बन्धमा सामूहिक छलफलका लागि तयार भएका छैनन्।प्रधानमन्त्री समेत रहेका ओलीले असार २० गते आफ्नो मुख्यालय धुमबाराहीमा नयाँ शक्तिका केही नेतालाई आफ्नो पार्टीमा प्रवेश गराउने क्रममा असारभित्र पार्टी एकीकरणका सम्पूर्ण काम सक्ने र केन्द्रीय नेताले कार्यभार पाउने भएकाले कोही पनि दुखी हुनु पर्ने अवस्था नरहेको ठोकुवा गरेका थिए।

‘अध्यक्षले पटकपटक ढाँट्नुहुन्छ। असम्भव काम पनि आजै हुन्छ। भोलि हुन्छ भन्नुहुन्छ। तर त्यसलाई बिर्सिनुहुन्छ। त्यसले पार्टीका नेताहरुलाई जहिल्यै निराश मात्रै बनाउँछ’, एक सचिवालय सदस्यले देशसञ्चारलाई भने।तर ओली र दाहालले आफ्नो छलफललाई निरन्तरता दिए भने र समयमै सचिवालय बैठक समयमै डाकेमा साउनको पहिलो साता एकीकरणको काम सकिने आशा पार्टीका अर्का एक शीर्ष नेताले राखेका छन्।नेता नेपालले आफु फेरि फागुन सात गते साउथ अफ्रिका उढ्ने तयारीमा रहेकाले त्यसअघिनै बैठक डाक्नु पर्ने दबाब पार्टीभित्र दिएको स्रोतको दाबी छ।

पुरानै मापदण्ड अनुसार जिल्लाको पार्टी इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने ओली र दाहालको यसअघिको सहमति अनुसार त्यसको नामवाली छनौटको काम उनीहरुले सोमबारदेखि थालेको बुझिएको छ।त्यसपछि उनीहरुले जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहकार कमिटी, अनुशासन आयोग, निर्वाचन आयोग र लेखा परिक्षण आयोग गठनको प्रक्रिया थाल्ने सहमति पनि उनीहरुले गरेका छन्।ओलीले पछिल्लो समय आफु अल्मतमा पर्ने खतराबाट जोगिन यो बीचमा आफ्ना आलोचक नेताहरुलाई बालुवाटार बोलाएर छलफल गरेका छन्।

घनश्याम भुषाल देखि योगेश भट्टराईलाई बोलाएर ओलीले लामो छलफल गरेका ओलीले आफ्ना असन्तुष्टीलाई समाप्त गर्न आग्रह समेत गरेको बुझिएको छ।तर पार्टीको ३२ वटा विभागको इन्चार्ज र सदस्यहरु टुंग्याउने मामिला चुनौतिपूर्ण रहेको पार्टीका एक अर्का प्रभावशाली नेताले बताए।ती पदहरुमा आफ्ना गुटका नेतालाई राख्ने कसरतमा दाहाल, नेपाल र वामदेव गौतम सक्रिय भएकाले ओलीलाई त्यो मिलाउन कठिन पर्ने देखिएको हो। देश संचार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed