आचारहीन व्यक्ति कहिले हुन सक्दैनन् गुरू (एकपटक पढ्नुहोस पछि पछुताउनुपर्ला)

२०७६ असार ३१, मंगलवार १२:४९ गते २०७६ असार ३१, मंगलवार १२:४९ गते २०७६ असार ३१, मंगलवार १२:४९ गते

मातृदेवो भव। पितृदेवो भव। आचार्यदेवो भव। अर्थात् माता–पिता–गुरुलाई देवतासरह मान। यो श्रुति स्मृतिको उपदेश हो। शास्त्रको ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा पनि गुरु ठूला हुन्छन् भन्ने सनातन शास्त्रको मान्यता छ। वैदिक परम्परामा व्यक्तिको चरित्रनिर्माण र ज्ञानप्राप्तिमा माता पिता र गुरुको मुख्य भूमिका रहने मानिएको छ। जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिने मनुस्मृतिमा उल्लेख छ।

स्मृतिमा भनिएको छ, ‘जसले शास्त्रको निर्क्योल गर्छ, अरुलाई आचरणमा राख्छ र आफू पनि आचरणको पालना गर्छ, त्यो नै गुरु (आचार्य) हुन्छ।’ व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ। गुरुको महिमा सनातन धर्ममा गुरुलाई माता र पितापछिको स्थान दिइएको छ। यद्यपि मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ। इहलौकिकमात्र नभई र पारलौकिक मोक्षका लागि समेत ज्ञान दिने गुरुको महिमा अपार छ। गुरुलाई त्रिदेवकै स्वरूप मानिएको छ,

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरु साक्षात् परब्रह्म तस्मैश्री गुरवे नमः। गुरु शब्दको अर्थ गु शब्दस्त्वन्धकारः स्याद् रु शब्दस्तन्निवारकः, अन्धकार निरोधित्वाद् गुरुरित्यभिधीयते। गु–अन्धकार रु– नाश गर्ने अर्थात् अन्धकारतिर जानबाट रोकी ज्ञानको उज्यालो छर्ने व्यक्ति नै गुरु हुन्। निष्काम भावले विद्या प्रदान गर्नेलाई गुरु भनिन्छ। हृदयको अन्धकार हटाउने विद्या मात्र ‘विद्या’ हो। विद्यामा पारङ्गत गराउने गुरु हुन् र गुरुको अनादर गर्नेको विद्या स्थिर रहँदैन भन्ने शास्त्रको मान्यता छ। गुरुको मार्गदर्शनविना वा पुस्तकको आधारमा मात्र प्राप्त गरिएको ज्ञानलाई मान्यता दिइएको छैन। एकै अक्षर सिकेको किन नहोस् गुरुको सम्मान गर्दैन भने उसलाई पशुभन्दा पनि नीच मान्नुपर्ने चाणक्यको भनाइ छ। गुरुका प्रकार शास्त्रमा गुरुका अनेक भेद बताइएका छन्।

ज्ञानप्राप्तिका लागि अहोरात्र तपस्यामा लीन हुने ऋषि–महर्षिहरूलाई गुरु मानिएको छ। ब्रह्मा, विष्णु, महेश्वर यी त्रिदेवलाई गुरुकै कोटिमा राखिएको छ। गीताज्ञान दिने भगवान् श्रीकृष्णलाई वैष्णवहरूले जगतकै गुरु (कृष्णं वन्दे जगद्गुरुम्) मान्छन्। कतिले पौराणिक ग्रन्थका रचयिता वेदव्यासलाई गुरु मान्छन्। बृहस्पति र शुक्र क्रमशः देव र दैत्यका गुरु मानिएका छन्। तन्त्रमा पनि गुरुका विविध भेद बताइएका छन्। लौकिक समाजमा आफूलाई कुनै पनि विषयमा ज्ञान दिनेलाई गुरु सम्बोधन गर्ने चलन छ। श्रीमद्भागवत महापुराणको एकादश स्कन्धको सातौँ, आठौँ र नवौँ अध्यायमा २४ गुरुहरूको प्रसङ्ग आउँछ। दत्तात्रेयले पृथ्वी, वायु, आकाश, जल, अग्नि, हात्ती, माहुरी, हरिण, माछा, सर्प, माकुरा र कमलकोटी गरी २४ सजीव निर्जीव वस्तुलाई गुरु मानेका छन्। प्रत्यक्ष उपदेश नदिए पनि आफ्नो बुद्धिअनुसार उनीहरूको व्यवहारबाट शिक्षा ग्रहण गरेका हुन्। श्रीमद्भागवत महापुराणको एकादश स्कन्धको सातौँ, आठौँ र नवौँ अध्यायमा २४ गुरुहरूको प्रसङ्ग आउँछ। दत्तात्रेयले पृथ्वी, वायु, आकाश, जल, अग्नि, चन्द्रमा, सूर्य, परेवा, अजिङ्गर, समुद्र, पतङ्ग, भमरा, हात्ती, माहुरी, हरिण, माछा, वेश्या, पक्षी, बालक, कुमारी, बाण बनाउने व्यक्ति, सर्प, माकुरा र कमलकोटी गरी २४ सजीव निर्जीव वस्तुलाई गुरु मानेका छन्। प्रत्यक्ष उपदेश नदिए पनि आफ्नो बुद्धिअनुसार उनीहरूको व्यवहारबाट शिक्षा ग्रहण गरेका हुन्।

नीतिको प्रसङ्ग नीतिमा पनि काग, कुकुर र गधाजस्ता पशुपक्षीबाट शिक्षा लिनुपर्ने उल्लेख पाइन्छ। चाणक्य नीतिअनुसार काम सानो होस् वा ठूलो त्यसलाई हरतरहले पूरा गर्ने गुण सिंहबाट सिक्नुपर्छ। सधैँ सुरक्षित रहने, आफूसँग जोडा राख्ने, बेलाबेलामा संग्रह गरिरहने र कसैमाथि पनि विश्वास नगर्ने यी गुण कागबाट लिनुपर्छ। धेरै खानसक्ने शक्ति भए पनि अलिकतिमै सन्तुष्ट हुने, मस्त निन्द्रामा भए पनि तुरुन्तै उठिहाल्ने, मालिकभक्ति र सुरोपना आदि गुण कुकुरबाट सिक्नु भन्ने चाणक्यको भनाइ छ। गुण ग्राह्य गर्न सकिने प्राणी वा वस्तुलाई गुरु मान्ने सन्दर्भ विभिन्न शास्त्रमा आए पनि आत्मज्ञान दिएर चेलालाई चरित्रनिर्माणमा लगाउने नै वास्तविक गुरु हुन्छन्। तिनै गुरु युग युगान्तरसम्म पूज्य हुन्छन् भन्ने सनातन शास्त्रको मान्यता छ।थाहा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed