कञ्चनपुरको महाकाली पारी दाेधारा चाँदनीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।
महाकाली नगरपालिका–८ पिपल चौराहका गोबिन्द दमाईको मंगलबार जोगबुढा नदी तर्ने क्रममा मृत्युु भएको प्रहरीले जनाएकाे छ।
जोगबुढा नदीमा दाउरा संकलन गर्न गएका दमाई डुबेर बेपत्ता भएका थिए। उनको स्थानीय र प्रहरीले खोज तलास गर्ने क्रममा सोही स्थानमा मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिए।
मृतकको शव अहिले ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा राखिएको र पाेष्टमार्टमका लागि पठाउने तयारी भएकाे निरीक्षक भट्टले बताए।
nepalkhabar बाट साभार
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0