सरकारी जग्गामा धमाधम पक्की घर बनाउँदै बिक्री

२०७६ श्रावण २, बिहीबार १२:३० गते २०७६ श्रावण २, बिहीबार १२:३० गते २०७६ श्रावण २, बिहीबार १२:३० गते

मुगु । मुगु जिल्लाको पश्चिम भेगमा रहेको खत्याड गाँउपालिकामा रहेको मार्थिचौर भन्ने ठाँउमा सरकारी सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ ।

पछिल्लो केही समययता भूमाफियाहरुले स्थानीयबासीहरुमा सो जग्गा धमाधम खरिद–बिक्री गर्न थालेका छन् ।साबिकको श्रीकोट गाविस वडा नम्बर ६ मा रहेको हालको खत्याड गाँउपालिका वडा नम्बर ५ मार्थिचौर भन्ने स्थानमा रहेको जग्गा नापी कार्यालय मुगुको रेकर्डअनुसार सरकारी जग्गा हो । २०५०।२०५१ को एकोहोरो नापी अनुसार १५ हजार ७ सय ९७ दशमलव ५० वर्गमिटर रहेको सो जग्गा पर्ती फिल्ड बुक क्षेत्री किताबमा उल्लेख छ ।

पर्ती अर्थात् बाँझो जग्गा नेपाल सरकारको नाममा रहन्छ ।पछिल्लो समयमा केही वाद–विवाद आउँदा नापी कार्यालय र मालपोत कार्यालयबाट त्यस क्षेत्रमा अनुगमन गर्दा स्थानीयवासीहरुले धमाधम ५१ भन्दा बढी घर बनाई खरिद–बिक्री भइरहेको देखियो । स्थानीय बजारको रुपमा पारित गरी उक्त जग्गामा बजार बनाउन लागिएको हो ।२०५०।२०५१को नापीभन्दा पहिला बाउन्न डोरी हालेको हो । त्यतिखेर धेरै गाँउका स्थानीय र शाहहरुबीच कुरो नमिल्दा नापी हुन सकेन ।

आफु जन्मनु भन्दा पहिले बाजेको पालादेखि गाईगोरु चराउने ठाँउ रहेको खत्याड गाँउपालिका वडा नम्बर ४ केरैगाँउका ७७ बर्षका रत्न बहादुर थापाले बताए । उनी भन्छन्, ‘सरकारी जग्गा हो भनी जान्दाजान्दै पनि पछिल्लो समयमा खत्याड गाँउपालिका भित्र रहेका विभिन्न बस्तीका स्थानीय आएर आफुखुसी घार बनाएर खरीद–बिक्री गरिरहेका छन् । शाह र थापा बस्तीका मानिसहरुले गौचरन गर्दै आइरहेको ठाँउ हो माथिचौर ।

पछिल्लो समयमा यस माथिचौरमा बजार बिस्तार हुँदा बाहिर अन्य बस्तीका मानिसहरु आएर आफुखुसी घर लगाएर बसेका छन् । कुनै आर्थिक कारोबार गर्नुपरेमा उनीहरु घर माथिचौरको देखाउने तर लालुपूृर्जा भने अन्यत्रै ठाउँको देखाएर कारोबार गर्ने गरेका छन् ।अदालत बाट कुनै जानकारी नआएको खुल्ला पाखो जमिनमा ठूलठूला पक्की घर लगाएइका छन् । आफ्नो ४ वटा घर बनाएको खत्याड गाँउपालिका बडा नम्बर ४ केरै गाँउ बस्ने बर्ष ६९ का रन्दीप थापाले बताए। न्युज २४

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *