मुम्बईमा एकै दिन भएका छुट्टाछुट्टै रेल दुर्घटनामा १५ को मृत्यु, १३ घाइते

२०७६ श्रावण ३, शुक्रबार २२:५८ गते २०७६ श्रावण ३, शुक्रबार २२:५८ गते २०७६ श्रावण ३, शुक्रबार २२:५८ गते

मुम्बई- भारतको मुम्बईमा छुट्टाछुट्टै रेल दुर्घटनामा परि एकै दिनमा १५ जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पैदल यात्रीले बाटो काट्ने, भिड तथा रेलमा झुण्डिएर यात्रा गर्ने क्रममा रेलबाट झरेर दुर्घटना भएको हो।बिहीबार भएका घटनामा परी अन्य कम्तीमा १३ जना घाइते भएको प्रहरी प्रवक्ता एस आर गान्धीले बताए।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा सजिलोका लागि सबैतिरबाट बाटो काट्ने गरिएकाले धेरै दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ। ‘मुम्बईका अधिकांश मानिस बाटो काट्ने क्रममा छोटो बाटो प्रयोग गर्न चाहन्छन्,’ गान्धीले भने।मुम्बईमा दैनिक ७५ लाख यात्रुले रेल सेवा प्रयोग गर्छन्। यो सङ्ख्या अत्याधिक भएकाले रेलमा भिड हुने गरेको गरेको छ। मुम्बईको रेल सेवा उपनिवेशकालीन हो।

रेल सञ्जाल अन्तर्गत हुने दुर्घटनाका कारण भारतमा औसतमा दैनिक १० जनाको मृत्यु हुने गरेको छ। उनीहरुमध्ये अधिकांशको रेलमा हुने भीडभाड र बाटो पार गर्ने क्रममा मृत्यु हुने गरेको अधिकारीहरुले बताएका छन्।सरकारी तथ्यांकअनुसार सन् २०१५ देखि २०१७ सम्ममा भारतमा रेल दुर्घटनामा परी करिब ५० हजार जनाको मृत्यु भएको छ।नेपाल लाइभ बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *