मलेसियामा अवैध रुपमा बस्दै आएका नेपालीलाई स्वदेश फर्कने अवसर

२०७६ श्रावण ५, आईतवार १२:३२ गते २०७६ श्रावण ५, आईतवार १२:३२ गते २०७६ श्रावण ५, आईतवार १२:३२ गते

काठमाडौं– अवैधानिक रुपमा काम गरिरहेका आप्रवासी कामदारहरुलाई मलेसिया सरकारले आममाफी दिने कार्यक्रम ल्याएको छ।अवैधानिक रुपमा मलेसियामा रहँदा पक्राउ परि जेल जीवन भोगिरहेका आप्रवासी कामदारहरुलाई लक्षित गरी उक्त कार्यक्रम ल्याइएको मलेसिया सरकारले जनाएको छ। सो कार्यक्रम १ अगष्ट २०१९ देखि ३१ डिसेम्बरसम्म कायम रहनेछ।उक्त आममाफी कार्यक्रममार्फत ५ महिनासम्म अवैध रुपमा मलेसियामा रहेका आप्रवासी कामदारहरु आ–आफ्नो देशमा फर्कन सक्छन्। यस कार्यक्रमबाट ठूलो संख्यामा अवैधानिक नेपाली कामदारहरु लाभान्वित हुने विश्वास गरिएको छ।

मलेसियास्थित नेपाली दूतावासले ५ महिनाको आममाफी अवधिभित्र मलेसियामा अवैधानिक रुपमा रहेका धेरै नेपाली कामदारहरु लाभान्वित हुने विश्वास व्यक्त गरेको छ। अवैध कामदारहरु फर्किंदा मलेसिया सरकारको नियमअनुसार आवश्यक जरिवानावापतको शूल्क बुझाउनुपर्ने हुन्छ।

अवैधानिक कामदारले प्रतिव्यक्ति ७ सय रिंगिट, राहदानी नहुने कामदारका लागि एकतर्फी यात्रा अनुमति पत्र ( ट्राभल डकुमेन्ट) बनाउँदा लाग्ने सरकारी राजश्ववापत १ सय ६० रिंगिट र मलेसियाबाट नेपाल फर्किंदा लाग्ने हवाई टिकटवापतको रकम बुझाउनु पर्दछ।

अभिलेखबिहीन तथा गैह्रकानुनी रुपमा धेरैको संख्यामा नेपाली कामदार मलेसियामा रहेका दूतावासले जनाएको छ।पछिल्लो एक वर्षयता नयाँ श्रम स्विकृति लिएर नेपाली कामदारहरु मलेसिया जान पाएका छैनन्। जसले गर्दा करार अवधि सकिएर पनि अवैधानिक रुपमा काम गरिरहेका कामदारहरुको संख्या मलेसियामा धेरै रहेको बताइएको छ।

सम्बन्धित व्यक्तिका परिवारलाई समेत आफ्ना मान्छेलाई नेपाल फर्कनका लागि उत्प्रेरित गर्न दूतावासले सुझाएको छ।आममाफी कार्यक्रममार्फत नेपाल फर्किन सिधै दूतावाससँग सम्पर्क गर्न भनिएको छ। सम्बन्धित व्यक्तिहरुले दूतावासको फोन नः ००६०३२०२०१८९८, ००६०३२०२०१८९९, ००६०३२०२०१९०१ र हटलाइन टेलिफोन सेवा ००६०१६२४७२७७७ मा सम्पर्क गर्न सक्नेछन्।नेपाल लाइभ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed