दि पाल्म ग्रुप प्रा.ली.को ब्यानरमा साया बान्तावा राइको लगानी भगिराज राईको निर्देशनमा तयार पारीएको राइ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र सायाबुङ् मुश्लिम धर्म लम्बिहरुको दोश्रो ठूलो चाड बकर ईद्दको अवसर पारेर साउदी अरेबियामा बिशेष प्रदशन गरिने भएको छ । १३ अगस्ट २०१९ अपराहन्न १:०० बजे क्लासिक होटल अल खोबर साउदीमा प्रदशन गर्न लागिएको हो । चलचित्र सायाबुङ् को श-ह निर्माता साथै समाजसेवि श्री प्रशाद यवा लिम्बुको अगुवाइमा किरात राई यायोक्खा साउदी अरब शाखाको आयोजनामा चलचित्र सायाबुङ् को बिशेष प्रदशन गर्न लागिएको कुरा चलचित्र सायबुङ् का निर्देशक भगीराज राइले जानकारी गराएका छन्न । किरात राई यायोक्खा साउदी अरब साखाले जानकारी गराए अनुसार चलचित्र सायबुङ् को बिशेष प्रदशनी बाट जम्मा भएको रकमा क्रार्यक्रम आयोजना गर्दा लागेको खर्च कटाएर बांकी रहेको रकम बोनम्यारो पीडित शान्ती राइको उपचारको लागि सहयोग स्वरुप रकम उपल्ब्ध गराइने छ। किरात राई यायोक्खा साउदी अरब साखाले सामाजिक सेवा सङ्ग सङ्गै आफ्नो मौलिकता बोकेको र मौलिकता लाई बचाउनको निम्ती निर्माण गरिएको चलचित्र सायाबुङ् को बिशेष प्रदशनमा उपस्थिको लागि साउदी अरबमा रहेका सम्पूर्ण नेपाली हरुमा अनुरोध गरिएको छ । चलचित्रमा सौजन सुब्बा,निशा दुमी राइ, सगुन सुसारा,साया बान्तवा राइ,मदन दुमी राइ लगायतका कलाकारको अभिनय रहेकोछ । चलचित्रमा भक्त सुनुवार र उदय नेम्बाङ लिम्बुको संगीत । दिपा लामा,दिपक लिम्बु र रजिना रिमालको स्वर । धनु ज्ञाङ्मी मगरको पावर्सो संगीत देबजङ्ग थापाको छायाङ्कन र सम्पादन रहेकोछ ।
Views: 0