जीवनमा सधैं स्वस्थ रहनका लागि अपनाउनु पर्ने ५ उपाए : हेर्नुहोस।

२०७६ श्रावण ६, सोमबार २२:१६ गते २०७६ श्रावण ६, सोमबार २२:१६ गते २०७६ श्रावण ६, सोमबार २२:१६ गते

स्वस्थ जीवनका लागि केही नियमहरूको पालना गर्नु जरूरी हुन्छ । राम्रो बानी आफू पनि अपनाउनुपर्छ र आफ्ना सन्तानलाई पनि अपनाउन लगाउनुपर्छ । असल जीवनशैलीले स्वास्थ्य राम्रो बनाउँछ ।

  • रातिको खाना
    राति सधैं हल्काफुल्का खाना खानुपर्छ । भारी भोजनले पाचन प्रक्रियामा समस्या ल्याउँछ । राति सलाद खाने बानी बसाल्नुस् ।
  • मोबाइलबाट टाढा
    राति आराम गर्ने समय हो । राति फोन चलाउन थाल्नुभयो भने मन डुल्न थाल्छ र निद्रामा समस्या आउँछ । राति सामाजिक सञ्जाल नचलाउनुस् र छिट्टै सुत्नुस् ।
  • बिहान छिटो उठ्ने
    ढिलो गरी सुत्दा र बिहान ढिलो उठ्दा स्वास्थ्यमा ठूलो समस्या आउँछ । बिहानको समयमा व्यायाम र ध्यान गर्दा स्वास्थ्य राम्रो रहन्छ । यसो गर्दा दिनभरि ताजा रहनुहुनेछ ।
  • हरियो सागपात खाने
    खानामा भरपूर सागपात, सलाद, जुस र फलहरू समावेश गर्नुस् । यसले पाचनप्रक्रिया राम्रो बनाउँछ ।
  • नुहाउनुअघि मसाज
    हरेक दिन नुहाउनुअघि नरिवल वा जैतून तेलले शरीरको मसाज अवश्य गर्नुस् । यसले शरीर फुर्तिलो राख्छ । अनि छालाको समस्या पनि समाधान हुन्छ ।

एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed