हत्याका अभियुक्त २० वर्षपछि परे पक्राउ

२०७६ श्रावण ६, सोमबार २३:०४ गते २०७६ श्रावण ६, सोमबार २३:०४ गते २०७६ श्रावण ६, सोमबार २३:०४ गते

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना हत्याका आरोपीलाई २० वर्षपछि पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका-११ का ३१ वर्षीय मनप्रसाद गुरुङलाई धारिलो हतियार प्रहार गरी फरार रहेका ५६ वर्षीय कुमार गुरुङलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार २०५६ साल माघ ४ गते साँझ हङकङ आइडीको विषयमा वादविवाद हुँदा धारिलो हतियार प्रहारबाट घाइते भएका गुरुङको भोलिपल्ट उपचारका क्रममा निधन भएको थियो ।दुई वर्षसम्म कास्की जिल्लाका विभिन्न स्थान र त्यसपछि भारतमा लुकिछिपी बसेका गुरुङलाई बाबुको मृत्युपश्चात् घान्द्रुकस्थित उनकै निवासबाट यही साउन ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । -१२ खरी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed