आजको पञ्चाङ्ग मिति २०७६ श्रावण ७ गते (२३ जुलाई २०१९) कृष्णपक्ष्य षष्ठी तिथौं १२.३० मिनेट, त्यसपछि सप्तमी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, भौंमवासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, मीन राशीमा चन्द्रमा
सूर्य उदय बिहान ०५.२३ मिनेटमा, सूर्यअस्त साझ ०६.५ ७ मिनेट अस्त
मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मेष राशीका लागि आजको दिन साझेदारी कामकारोवारमा फाईदा मिल्नुका साथैं नयां कार्यको शुभारम्भ हुनेछ ।
बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)
बृष राशी भएका ब्यक्तिलाई आजको दिन दाजुभाईको साथ सहयोगमा कमि मिल्नेछ, मनमा नैराश्यता गराउने छ ।
मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आजको दिन मिथुन राशीका लागि आजको दिन पारीवारीक सुख मिल्नुका साथैं बैदेशीक यात्राको अवसर मिल्नेछ ।
कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
कर्कट राशीका आजको दिन शारीरिक सुखमा कमि, दुःखकष्ट रोग व्याधीले सताउने शत्रुवाट पिडा हुनेछ ।
सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
राशी सिह राशीका आजको दिन विद्यामा हानी, धन खर्च हुनेछ यात्रामा हानी हुनेछ ।
कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कन्या राशीको लागि आजको दिन अध्ययनमा सफलता, घरगृह तथा कारोवारमा लाभ हुनेछ ।
तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)
तुला राशीका लागि आजको दिन दाजुभाईको साथ मिल्नुका साथै शुभ कार्यमा मनलाग्नेछ ।
बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)
बृश्चिक राशीका आजको धनलाभ भई अध्ययनमा सफलता पारीवारीक सुख मिल्नेछ ।
धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)
धनु राशीका लागि आजको दिन पारीवारीक सुख, धनलाभ हुनेछ ।
मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)
मकर राशीका लागि आजको पारीवारीक सुखमा कमि हुनुका साथैं खर्च बढनेछ ।
कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)
कुम्भ राशीका लागि आजको दिन दिन विरोधीपक्षवाट धनलाभ, सबैंको मान्य मिल्नेछ ।
मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)
मीन राशीका लागि आजको दिन व्यापार कारोबारमा लाभ भई घरगृहको सुख मिल्नेछ ।
बास्तु सम्बन्धी जानकारी दिने उद्देश्यले आजको दिन घरको छतको पानीको ट्याङकीको बारेमा जानकारी दिर्दैछु ।
१. बास्तुको नियम अनुसार छतको पूर्व र उत्तर दिशामा पानीको ट्याङ्की राख्नु हुर्दैन । यो दिशामा छतमा पानीको ट्याङ्की राखेर पूर्व र उत्तर दिशालाई भार गर्नु हुर्दैन । जुन बास्तुको अनुसार ठिक मानिर्दैन । यो दिशामा छतमा भारी भए आर्थिक नोक्सान हुन्छ ।
२. छतको पूर्व र उत्तर दिशामा पानीको टयाङ्की राखेपछि पश्चिम दक्षिण दिशामा छतमा कुनै गहुङ्गो बस्तु राख्नु पर्दछ ।
३. यदि तपाईको घरको छतको माथि पूर्व वा उत्तर दिशामा पानीको टयाङ्की राख्नु भएको छ भने टयाङ्कीको मुनी तामाको टुक्रा राखे बास्तु दोष निवारण हुन्छ ।
४. घर छतको विचमा पानीको ट्याङ्की राख्नु हुदैन, यदि पानीको टयाङ्की राखिएको छ भने त्यो परिवारमा पेटको समस्याको रोगले सताउदछ । पेटको अप्रेसन गर्नु पर्ने समेत हुन सक्नेछ ।
ॐ नमोः भगवते वासुदेवाय नमः
निचा टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको बास्तु हेर्न, ग्रहशान्ति गर्न, मांगलिक कार्य सम्पूर्ण बैंद्धिक कार्यको लागि सम्झनुहोस
ज्यो Durga Prasad Upadhayaya
फो नं. ९८४१३७१८९७
Email- id: durga.np@gmail.com
तिनकुने, काठमाडौं
Views: 0