जनकपुर फेरि डुबानमा

२०७६ श्रावण ७, मंगलवार १५:१९ गते २०७६ श्रावण ७, मंगलवार १५:१९ गते २०७६ श्रावण ७, मंगलवार १५:१९ गते

जनकपुरधाम : वर्षाले जनकपुरधाम फेरि डुबानमा परेको छ। बिहान करिब ११ बजेदेखि डेढ घण्टा भारी वर्षा भएको हो। जसका कारण जनकपुरधाम उपमहानगर पालिकाका सयौँ घरमा पानी पसेको छ। जनकपुरधाम उपमहानगरपालिका १ किशोरी नगर जलमग्न बनेको देखिन्छ।

पानी निकासको व्यवस्थापन नहुँदा घरमा पानी पसेको स्थानीय मनोज साहले जानकारी दिए। उनले महानगरपालिकाले ढल सफा नगराउँदा सामान्य वर्षाले नै घरमा पानी पस्ने गरेको बताए। जनकपुरधामका मुख्य सडकमा समेत पानी जमेको छ। एडिबी परियोजनाले सडक निर्माण गर्दा अण्डरग्राउण्ड ढल निर्माण गरेको छ। तर, त्यो ढलमा पानी जाने गरेका छैन।

असार २७ गते भएको भारी वर्षापछि जमेको पानी निकाल्न अण्डरग्राउण्ड ढल सरसफाई पनि गरे पनि अवस्था उस्तै छ। जनकपुरधामको भानु चोक, रामानन्द चोक र अस्पताल चोकमा पनि पानी जमेको छ। जनकपुर अस्पतालमा समेत पानी पसेपछि बिरामी समस्यामा परेका छन्। आवतजावत गर्नसमेत समस्या भइरहेको छ। यस्तै, ऐतिहासिक रंगभूमि मैदानमा पानी जमेर पोखरी झैँ देखिन थालेको छ।

thahakhabar बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed