शिल्पासँग डिभोर्स् पछि छविराज ओझाले अब फेरी बिहे गर्लान् ?

२०७६ श्रावण ७, मंगलवार १७:२५ गते २०७६ श्रावण ७, मंगलवार १७:२५ गते २०७६ श्रावण ७, मंगलवार १७:२५ गते

काठमाडौँ । पछिल्लो झगडा अघिल्ला श्रीमतीहरूको जस्तै सामसुम पारेर मिलाउन नसकेका छवि ओझा अहिले चौथी श्रीमती शिल्पाको किचलोमा फसेका छन । विवाह भयो भन्ने तर विवाह दर्ता समेत नगरेर मस्ती गर्दै हिँड्ने बानी परेका छवि ओझाको शिल्पा सँगको बिहेको प्रमाण भेटिएपछि उनी पुर्पुरो समाउने स्थितिमा छन । उनको तनाव अहिले भनिनसक्नु स्थितिमा रहेको एक चलचित्रकर्मीले ईहुलाकीलाई बताएका छन । रेखा थापा सँग बिछोडपछि शिल्पासँग सल्केका ओझा शिल्पासँग पनि अडिन सकेनन् । शिल्पाले घरेलु हिंसामा परेको भन्दै उनी विरुद्ध सम्बन्धविच्छेदको लागि प्रहरीमा जाहेरी दिएपछि केही तनावमा परेका उनले रातारात न्याय दिने भन्दै फेसबुकमा स्ट्याटस लेखे ।

थामथुम पार्न धेरै प्रयास गरे । विभिन्न युट्युब अन्तर्वार्तामा माफी समेत मागे । सायद उनलाई आशा थियो की यो पनि अघिल्ला घटना जस्तै थामथुम हुन्छ तर ओझाकी जेठी श्रीमती हेमा ओझाले गत आइतबार जाहेरी दरखास्त दिएपछि भने उनी झन तनावमा रहेको बताइएको छ । गौशाला प्रहरीले उक्त जाहेरी बुझी मुद्दालाई कालिमाटी महिला सेलमा पठाइसकेको छ । २०४१ सालमा पत्नी बनेकी हेमाले दिएको छवि विरुद्धको जाहेरीमा, ‘घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी छु’, भनिएको छ । चलचित्र निर्माता ओझाको विभिन्न महिलासँग नाम जोडिएर आए पनि विवाह नै गरेको भन्ने प्रमाण आफूले नपाएको जेठी श्रीमती हेमा ओझाको जाहेरीमा उल्लेख छ । उनले नायिका शिल्पाको हकमा विवाह नै दर्ता भएको प्रमाण फेला पारेपछि कानुन अनुसार हदैसम्म कारबाहीको माग गरेकी छन्  । छविकी जेठी श्रीमती हेमा ओझाको मुद्दा हेरिरहेका अधिवक्ता स्वागत नेपालले भने अदालतले हेमाको पक्षमा फैसला गरेर बहुविवाह प्रमाणित भएको खण्डमा प्रचलित कानुनअनुसार नायिका शिल्पा र निर्माता छविको विवाह स्वतः खारेज हुने बताएका छन् । हेमाले छविसँग अंश लिइसके पनि दुवै आपसी मञ्जुरीमा नै अलग बसेकोले छविले अर्को विवाह गर्न नपाउने अधिवक्ता नेपालले बताएका छन । जेठी श्रीमती हेमापछि पनि निर्माता छविले चलचित्र कर्मी गीताञ्जली सुनार र नायिका रेखा थापासँग विवाह गरेका थिए  । गीताञ्जलीले भने धेरै बर्ष अघिनै आत्म हत्या गरेकी थिइन् । उनीबाट जन्मिएका छोरा अहिले निर्माता छवि ओझासँगै बसेका छन् । श्रीमति थुपार्दै हिँड्ने गरेका छवि शिल्पासँगको वार पछि आउँदा दिनमा केटी पछाडी नलाग्ने हुन की उस्तै पारा देखाउनेहुन त्यो आगामी दिनले देखाउने छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed