रामेछापको साँघुटार बजारमा भीषण आगलागी

२०७६ श्रावण ९, बिहीबार १२:०० गते २०७६ श्रावण ९, बिहीबार १२:०० गते २०७६ श्रावण ९, बिहीबार १२:०० गते

रामेछाप : रामेछापको रामेछाप नगरपालिका- ३ साँघुटार बजारमा भीषण आगलागी भएको छ।आगलागीबाट साँघुटार बजारको चार घर पूर्ण क्षति भएको पूर्वसांसद देवशंकर पौडेलले जानकारी दिए।

उनका अनुसार बिहान सात बजेतिर लिखु खोला छेउको पक्‍की पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्‍की घर जलेर नष्ट भएको छ।

त्यसैगरी, राजन सुवेदी, अनिष थापा र हरिमायाँ थापाको घर पनि आगोले जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले भने इलाका प्रहरी कार्यालय धोवीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन भएको जानकारी दिए।

प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ अहिले आगलागी नियन्त्रणमा आएता पनि आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

annapurnapost बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *