एकाबिहानै उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण

२०७६ श्रावण ९, बिहीबार १३:२५ गते २०७६ श्रावण ९, बिहीबार १३:२५ गते २०७६ श्रावण ९, बिहीबार १३:२५ गते

सिउल । उत्तर कोरियाले समुन्द्रमा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले बताएका छन् । विहीबार बिहानै उत्तर कोरियाले ४३० किमीको दूरीमा पूर्वी समुन्द्र (सी अफ जापान)मा मिसाइल खसालेको जनाइएको छ ।

अर्को महिना अमेरिका र दक्षिण कोरियाबीच सैनिक अभ्यासको योजना सार्वजनिक भएपछि त्यसको आक्रोशमा उत्तर कोरियाले यो मिसाइलको योजना ल्याएको अनुमान गरिएको छ । उत्तर कोरियाले निसस्त्रिकरणको वार्ताको निरन्तरतामा पनि सैनिक अभ्यासले असर गर्न सक्ने जनाएको थियो । पहिलो मिसाइल बिहान ५ः३४ बजे र दोस्रो ५ः५७ बजे प्रहार गरिएको जनाइएको छ । उत्तर कोरियाले पूर्वी शहर वोन्सान नजिकैबाट सो प्रक्षेपण गरेको विवरणमा उल्लेख छ ।

प्रक्षेपणको दृश्य हेर्न उत्तर कोरियाली नेता किम जोङ्ग उन सहभागी भए नभएको खुलेको छैन ।  कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियालाई त्यस्ता गतिविधि रोक्न आग्रह गरेको छ । जापानका रक्षामन्त्रीले भने सो प्रक्षेपण जापानको पानी सम्म नपुगेको र त्यसले तत्कालै कुनै राष्ट्रिय सुरक्षामा असर नपर्ने जनाएको छ ।
(बीबीसी)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *