काठमाडौँ – पूर्वमिस नेपाल शृंखला खतिवडाले युरोपको सर्वाधिक अग्लो हिमाल मोन ब्ला आरोहण गरेकी छन् । खतिवडाले बुधबार उक्त पर्वत आरोहण गरेर दुवै देशको झण्डा गाडेकी काठमाडौँस्थित फ्रान्सेली दूतावासले जनाएको छ ।फ्रान्स र इटालीको सीमा क्षेत्रमा पर्ने मोन ब्ला हिमालको उचाइ ४ हजार ८ सय १० मिटर छ । नेपालसँग दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने क्रममा फ्रान्सको निमन्त्रणामा खतिवडा त्यहाँ गएकी थिइन् ।फ्रान्सका लागि नेपालको सद्भावना दूत बनेर युरोप पुगेकी खतिवडाले पर्यटकलाई नेपाल जान सन्देश दिँदै साइकल यात्रासमेत गरेको दूतावासले जनाएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0