दूधमा मह हालेर पिउनुस्, पाउनुहोस यस्ता फाइदा

२०७६ श्रावण १०, शुक्रबार १२:३० गते २०७६ श्रावण १०, शुक्रबार १२:३० गते २०७६ श्रावण १०, शुक्रबार १२:३० गते

दूध र महको मिश्रण अत्यन्तै स्वस्थकर हुन्छ । भारतको नेसनल इन्स्टिच्युट अफ आयुर्वेदका प्राध्यापक सीआर यादवका अनुसार, दूध र मह आफूआफूमै स्वस्थकर कुरा भएपनि यी दुईको मिश्रणले झनै बढी फाइदा गराउँछ।  राति सुत्नुअघि मनतातो दूधमा मह हालेर पिउँदा राम्रो निद्रा लाग्छ अनि शरीरमा पोषक तत्त्व पनि मजाले सोसिन्छ ।

यसका अन्य फाइदा यस्ता छन् :

  • मनतातो दूध र महमा ट्रिप्टोफ्यान नामक तत्त्व हुन्छ जसले शरीरलाई आराम दिलाएर राम्रो निद्रा ल्याउँछ ।
  • यसमा प्रोटीन र कार्बोहाइड्रेट्सको राम्रो सम्मिश्रण हुन्छ जसले तागत र स्टेमिना बढाउँछ ।
  • मनतातो दूध र महले फोक्सो र श्वासनलीलाई स्वस्थ राख्छ । रुघाखोकी र सासको समस्याबाट यसले बचाउँछ ।
  • यो मिश्रणमा एन्टीअक्सिडेन्ट र एन्टीब्याक्टेरियल तत्त्वहरू पाइन्छन् । दिनदिनै पिउँदा बुढ्यौली ढिलो आउँछ ।
  • यो मिश्रणले शरीरबाट विषाक्त पदार्थ निकालेर रगतलाई शुद्ध बनाउँछ । रोगबाट बचाएर छाला चम्किलो बनाउँछ ।
  • यो मिश्रणले पाचनप्रणालीलाई सफा बनाउँछ । ग्यास, कब्जियत र एसिडिटी जस्ता समस्याबाट राहत दिन्छ ।
  • दूध र महमा भएको क्याल्सियम, आइरन, प्रोटीन र भिटामिन जस्ता पोषक तत्त्वले हाड बलियो बनाउँछ ।
  • यो मिश्रणमा भएको पोषक तत्त्वले स्ट्रेस र टेन्सनलाई हटाएर मानसिक स्वास्थ्यलाई राम्रो बनाउँछ । यसबाट दिमाग स्वस्थ रहन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed