खाेला गाउँमा पसेपछि माेरङका ५० घर डुबानमा

२०७६ श्रावण १०, शुक्रबार २१:०५ गते २०७६ श्रावण १०, शुक्रबार २१:०५ गते २०७६ श्रावण १०, शुक्रबार २१:०५ गते

मोरङ – निरन्तरको वर्षाका कारण रंगेली नगरपालिका वडा नम्बर-८ को चाइनागेट नजिकै रहेको मुसहर बस्तीका ५० घर डुबानमा परेको छ । रंगेली नगरपालिकाको चाइनागेट नजिकै रहेको मुसहर बस्तीमा चिसाङ खोला पसेपछि ५० घर डुबानमा परेको हो । बिहीबार राति सुतिरहेको समयमा मुसहर बस्तीमा खोला पसेपछि गाउँलेहरु होहल्ला गर्दै गाउँ छोडेर बाहिर निस्किएका थिए ।घरभित्र पानी परेपछि उनीहरुले चुलो पनि बाल्न सकेका छैनन् । पीडितहरुले गाउँमा पानी पसेको १८ घण्टा बितिसक्दा पनि कसैले चासो नदिएको आरोप लगाएका छन् । स्थानीय वडा सदस्य मिरा दाहालले पीडित परिवारको पहिचान गरेर राहत वितरण गरिने जानकारी दिनुभयो ।

त्यस्तै विराटनगर महानगरपालिका वडा नम्बर-६ रामपुरको केशल्या खोला बाँध फुटाएर गाउँ पसेको छ । खोला गाउँमा पस्दा वडा नम्बर ६, १२ र १६ डुबानमा परेको छ । यी वडाका सिम्राही, दरैया र बखसी पश्चिमको क्षेत्र डुबानमा परेको सिम्राहीका मनोज ऋषिदेवले बताउनु भयो । खोला गाउँमा पसेपछि झण्डै ४५ ओटा घर डुबानमा परेका छन् । डुबान क्षेत्रका स्थानीयवासीलाई बखरी आधारभूत विद्यालयमा सारिएको छ भने केहीलाई नजिकै रहेका मन्दिहरुमा राखिएको छ । त्यस्तै सशस्त्र प्रहरीकाे बेस क्याम्प पनि डुबानमा परेकाे छ ।उज्यालो अनलाइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed