पहिरोले गाडी पर्दा २ जनाको मृत्यु, ७ घाइते

२०७६ श्रावण ११, शनिबार २१:१८ गते २०७६ श्रावण ११, शनिबार २१:१८ गते २०७६ श्रावण ११, शनिबार २१:१८ गते

काठमाडौं– रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ तातोपानी डाँडामा पहिरोले गाडी किच्दा २ जनाको मृत्यु भएको छ। काठमाडौंबाट छुटेको ना १ ज ७८२४ नम्बरको टाटा सुमो गाडी पहिरोमा परी पुरिएको थियो।

गाडीमा रहेका दुई जना यात्रुको पहिरोले पुरिएर मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्। उनीहरूको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।घाइतेको थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं पठाउन लागिएको प्रहरीले उल्लेख गरेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *