रोनाल्डोले पाए लेजेण्ड अवार्ड, रियल मड्रिडको सम्झना औधी

२०७६ श्रावण १४, मंगलवार ११:०१ गते २०७६ श्रावण १४, मंगलवार ११:०१ गते २०७६ श्रावण १४, मंगलवार ११:०१ गते

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडमा रहँदाको समयको स्मरण भइरहने बताएका छन्। गएको वर्ष रोनाल्डो रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका हुन् ।उनलाई स्पेनिस खेल पत्रिका मार्काले रियल मड्रिडमा रहेर फुटबलमा पुर्‍याएको योगदानका लागि मार्का लेजेण्ड अवार्ड सोमबार प्रदान गरेको छ । अवार्ड ग्रहण गर्न स्पेन पुगेका रोनाल्डोले रियल मड्रिडमा बिताएको समयको सम्झना सधैँ भइरहेने बताएका हुन् ।

आफूलाई म्यानचेस्टर युनाइटेडमा बिताएको भन्दा रियल मड्रिडमा बिताएको जीवनको सम्झना हुने गरेको रोनाल्डोको भनाई छ । अवार्ड वितरण समारोहमा रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि उपस्थित थिए ।रोनाल्डोले मार्कासँगको अन्तर्वार्तामा आफूमा अझै पनि जित्ने चाह उस्तै रहेको र क्षमता विश्वास पनि कायम भएको बताएका छन् ।देश संचार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *