नेपालमा पहिलो पटक फेसन एन्ड मोडलिङ अवार्ड गरिदै !!

२०७६ श्रावण १४, मंगलवार ११:१० गते २०७६ श्रावण १४, मंगलवार ११:१० गते २०७६ श्रावण १४, मंगलवार ११:१० गते

नेपालमा पहिलो पटक फेसन एन्ड मोडल अवार्ड २०१९ को तीब्र रुपामा तयारी अघि बढिरहेको छ। प्याजेन्ट नेपालको international को ब्यानरबाट आयोजना हुन लागेको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्याजेन्ट नेपालका एम.डि मिथुन थापाले उदृत गर्दै कार्यक्रम भब्य रुपमा सम्पन्न हुने कुरामा विश्वस्त रहेको जानकारी दिनु भएको हो। फेसन र मोड्लिङ क्षेत्रमा आफ्नो पहिचान बनाउन चाहानेहरुका लागि कोसेढुङा सावित हुन सक्ने आशा ब्यक्त गर्नु भएको छ। थापा भन्नुहुन्छ, पछिल्लो समय नेपालमा धेरै प्रकारका सांगीतिक तथा साहित्यिक अवार्ड हरु हुनेगरेको र फेसन तथा मोड्लिङ क्षेत्रमा यस्ता किसिमका कार्यक्रम हरु हुनेगरेको छैन । यस क्षेत्रमा तल्लिन सम्पुर्णको उज्ज्वल भविष्य यहि हाम्रै मुलुकमा राम्रै ब्यबसाय बनाउन र यस क्षेत्रलाइ ब्यवस्थापन गरेर अझै निखार ल्याउन सकियो भने अहिले हामिले राष्ट्रिय अवार्ड मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरका अवार्ड हरुको पनि आयोजना गर्न सक्ने सामर्थ्य राख्न सक्छौ।
अन्तर्राष्ट्रिय स्तरमा नेपाली मुलका प्रतिस्पर्धि हरुको पछिल्लो समयको उपलब्धि हासिल लाई मध्यनजर गर्ने हो भने केही समय यता नेपालमा पनि ब्युटी प्याजेन्ट र मोडलिङ ब्यबसाय पनि मौलाउने क्रममा रहेको बताउनु भयो। यहि क्षेत्रमै केही गर्छु भनेर लागि परेका नयाँ युवा पुस्ताको लागि गतिलो माध्यम हुन सक्ने भन्दै थप्नुहुन्छ, यस स्तरको उन्नती र सुदृढीकरणका निम्ति हामिले नेपालमै यसको आयोजना गरेका हौ।
पुरस्कार समारोह विभिन्न कोटाहरुमा सम्बन्धित ब्याक्तिहरु र पेशेवर हरुको सम्मानका निमित्त हुनेछ। केही महत्त्वपूर्ण कोटाहरु जहाँ कोरियोग्राफर,उत्कृष्ट फेसन डिसाइनर, उत्कृष्ट फेसन कोरियोग्राफर, महान फेसन कोरियोग्राफर,मेकअप आर्टिस्ट,हेयर दिसाइनर, फेसन र प्याजेन्टका लागि इम्सि, फेसन जर्नालिस्ट, उत्कृष्ट अन्तर्राष्ट्रिय नेपाली मोडल, उत्कृष्ट कार्यक्रम आयोजक, उत्कृष्ट कार्यक्रम निर्देशक तथा उत्कृष्ट कार्यक्रम प्रबन्धकको बेजोड सहभागीता रहनेछ।
प्रत्येक बर्गमा उम्मेदवारहरु पनि घोषित भएका छन।
अधिक रुपमा महिला र पुरुसहरुको नमांकन गरिएको छ। कार्यक्रम तथा पुरस्कार समारोह राष्ट्रिय सभा गृह, सिटि हल काठमाण्डैमा आउदो श्रावण २३ गतेका दिन सम्पन्न हुन गैरहेको छ, सम्पुर्ण पधादिकारी, मान्यवर अथिती हरुको उत्साहपुर्ण उपस्थितिको लागि सादर निमन्त्रणामा पनि गर्न चाहान्छौ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *