आफ्नो श्रीमानसँग अनैतिक सम्बन्धमा लागेको थाहा पाएपछि ब्यस्त सडकमा निर्बस्त्र पारे !!

२०७६ श्रावण १४, मंगलवार १७:३६ गते २०७६ श्रावण १४, मंगलवार १७:३६ गते २०७६ श्रावण १४, मंगलवार १७:३६ गते

काठमाडौं । समाजको आफ्नै मूल्य मान्यता हुन्छ । एक महिलाको पतिसँगै अर्की महिलाले रात बिताउने कुरा नेपाली समाज मात्र होइन कतै पनि वैध र जायज मानिंदैन । तर, एक विवाहित दम्पतीको जीवनमा अर्कै महिला प्रवेश गर्ने गरेका घटना र यसले सिर्जना गर्ने घटनाहरु बारम्बारजसो समाचार बन्ने गरेका छन् । यस्तै घटना छिमेकी देश चीनमा पनि घटेको छ । चीनमा हालै मात्र अर्काको पतिसँग एक महिलाले रात बिताएको आरोपमा उनीमाथि कुटपिट मात्र गरिएन सर्वाङ्ग बनाएर शहर घुमाइएको छ ।चीनको श्याङडोङ प्रान्तस्थित पूर्वी जिनान शहरमा चार महिलाले एक महिलालाई निःबस्त्र पारेर बाटोमा उनीमाथि हातपात गरे । चीनको हेनान प्रान्तस्थित पियुयाङ शहरको हो–यो घटना । आफ्ना पतिसँग अनैतिक सम्बन्धमा लागेको थाहा पाएपछि केही आक्रोशित महिलाले ती महिलालाई निःर्वस्त्र बनाई बजार डुलाएका थिए ।
यसरी महिलाको सार्वजनिक बेइज्जत गरेर सडकमा डुलाइँदा अरु भने रमिला हेरिरहे । त्यहाँ भएका चार जना महिलाहरुले उनीमाथि हातपात गरे । ब्यस्त सडकमा उनलाई निर्बस्त्र पारेपछि हेर्नेको ठूलो भीड जम्मा भएको थियो । ३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेनन् । पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगेका थिए ।
एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *