महिलावादी केकीको फेसबुकमा महिलाकै मजाक उडाइएको गीत

२०७६ श्रावण १४, मंगलवार १८:३३ गते २०७६ श्रावण १४, मंगलवार १८:३३ गते २०७६ श्रावण १४, मंगलवार १८:३३ गते

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा केकी अधिकारीको छवि ‘बौद्धिक अभिनेत्री’को छ। महिला हिंसाविरुद्ध आवाज उठाइरहने अभिनेत्रीको सुचीमा पनि उनको नाम अग्रस्थानमा आउँछ।दुई साता अघिदेखि उनी खुब चर्चामा छिन्। चौतर्फी वाहवाही बटुलिरहेकी छिन्। चर्चामा आउनु र वाहवाही बटुल्नुको कारणचाँही घरेलु हिंसाविरुद्ध कडा आवाज उठाउनु। त्यसो त उनी विभिन्न पत्रपत्रिकामा लेख पनि लेख्दै आएकी छन्।

निर्माता छविराज ओझाले श्रीमती अभिनेत्री शिल्पा पोखरेललाई घरेलु हिंसा गरेको खबर बाहिरिएपछि केकीले ‘उनी रोइन्’ भन्दै लामो स्टाटस लेखिन्। स्टाटसको अन्त्यमा उनले लेखेकी थिइन्, ‘तपाईं हामीबीच भएका सबै ‘उनी’ हरुलाई घरेलु हिंसाविरुद्ध बोल्ने साहस मिलोस्। साहसी सबैलाई न्याय मिलोस्।’केकीको यो आवाज चौतर्फी चर्चामा आयो। धेरैले उनको स्टाटसमा लाइक, कमेन्ट र सेयर गरे।घरेलु हिंसाविरुद्धको अभियानमा केकी पनि रोकिइनन्। झन् सशक्त देखिँदै गइन्।’शुक्रवार साप्ताहिक’मा घरेलु हिंसाको कन्सेप्टमा उनी फोटोसुट गराउन पनि तयार भइन्। त्यसपछि त उनको तारिफ गर्नेहरु झन् बढ्ने भइहाले।

यो त ताजा उदाहरण हो।महिला हिंसाका विरुद्धमा केकीले पहिल्यैदेखि आवाज उठाउँदै आइरहेकी थिइन्। उनका फेसबुक वालहरु पछ्याउने हो भने महिला हिंसाविरुद्ध उनले लेखेका पुराना पोस्टहरु अझै भेटिन्छन्।यसरी ‘महिलावादी’ छवि बनाएकी केकीले केही दिनअघि आफ्नो फेसबुक वालमा महिलामाथि भद्दा मजाक गरिएको गीत सेयर गरेकी छन्। ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको यो गीत अहिले महिलाको शारीरिक बनोट र चरित्रमाथि भद्दा मजाक गरिएकै कारण विवादमा तानिएको छ।गीतको शब्दलाई लिएर दर्शक/श्रोताले निकै आलोचना गरिरहेका छन्। कलाकार निर्मल शर्मा, गायिका आस्था राउतले गीतको कडा शब्दमा विरोध जनाइरहेका छन्।गीतलाई केकीको नजिकका मित्र आर्जन पाण्डेले गाएका छन्। मोडलिङ पनि उनकै छ। आर्जनले यसअघि थुप्रै गीतमा केकीसँग सहकार्य गरेका थिए। त्यस्तै गीतमा अभिनेत्री रीमा विश्वकर्माको समेत अभिनय छ।र, यही गीतलाई केकीले आफ्नो फेसबुक वालमा सेयर गरेकी छन्, आर्जन र रीमालाई बधाई दिँदै। यसको अर्थ उनी गीतको शब्दसँग पूर्ण सहमत छिन् भनेर बुझ्न सकिन्छ। नत्र त बधाईको सट्टा दिनुपर्ने सुझाव होइन र?

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *