बिष्णुकुमार देवकोटा
दाङ भदौ १५ । घोराही उपमहानगरपालिका वडा नं १५ कटरबोट चोकले २०६३ सालमा आफ्नो अस्तित्व गुमाई नयाँ नाम पायो “विपि चोक” । कारण थियो, महामानव विपी कोइरालाको शालिक स्थापना गर्ने गरी कटर बोट चोको नाम फेरीयो र भयो “विपि चोक” ।
२०६३ सालबाट आजका मिती सम्म को बर्ष गणणा गर्दा यो समय हुन्छ १२ बर्ष । १२ मा खोलो फर्कन्छ भन्छन् तर काँग्रेसले विपिको शालिक बनाउने अभियानलाई अघि बढाउन सकेन् । केही समय अगाडि सहयोग उठाएको थियो, तर त्यसले गति समात्न सकेन् ।
“तत्कालिन रानैतिक परिस्थिती र शालिक निर्माण गर्ने जनशक्ति नपाईकोले विपीको शालिक स्थापना गर्ने काममा अबरुद्ध भयो” नेविसंघका पुर्व जिल्लाअध्यक्ष राजकुमार धितालले बताउनुभयो । बाटो चौडा गर्ने कार्यले गर्दा पनि विपीको शालिक स्थापना गर्ने कामले गति लिन नसकेको धितालले बताउनुभयो । विपी कोईरालाको शालिक स्थापना गर्ने गठित समितिका सदस्य तथा पुर्व क्षेत्र नं ३ का क्षेत्रिय सभापति पुस्कर रेग्मिले १ बर्ष भित्र स्थापना हुने बताउनुभयो ।
“ विपीको आदर्श सिद्धान्त र मार्गेनिर्देशन लाई आत्मासात नगर्ने नेताहरुका कारण ढिलाई भएको हो ” पुस्कर रेग्मीले भन्नु भयो ।
यसैगरी सालिक नबन्नुमा तत्कालिन समय र परिस्थिती कारक रहेको रामपुरका इकाई सभापति रेवती घिमिरे बताउनुभयो ।
दशक देखी स्थानीय विपी चोकमा मोबाइल पसल संचाल गरीरहनुभएका हाम्रो मोबाइल मार्ट केन्द्रका पदम भण्डारीले विपीको शालिक स्थापना हुने कुनै संभावनानै नरहेको प्रतिकृया दिनुभयो । “जुन जोगी आएपनि कानै चिरेका हन्” भण्डारीले भन्नुभयो । यता यस विषयमा बुझ्न खोज्दा नेपालि काग्रेस दाङका सचिव शंकर प्रशाद डाँगिले सडक विस्तारले शालिक निर्माणमा ढिला भएको बताउनु भयो ।
उहाले सडक विस्तार भइसकेपछि शालिक बन्ने भन्दै काग्रेसका प्रभावशालि नेता स्व. खुमबहादुर खड्काको सपनालाई साकार पार्नका निमित्त पनि दाङ काग्रेसले शालिक बनाएरै छाड्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । शालिकको शिलन्यास काग्रेसका प्रभावशालि नेता स्व. खुमबहादुर खड्काले गर्नु भएको थियो ।
Views: 0