गुल्मीको मुसीकोट नगरपालिका वडा–३ तोलादी बस्ने ४५ वर्षीय लक्ष्मण कुमालले छिमेकी ४९ वर्षीय मोतीबहादुर कुमालको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।राति २ः३० खेतमा कुलो लगाउने क्रममा विवाद भएपपछि लक्ष्मणले मोतीबहादुरमाथि खुर्पा प्रहार गरेका थिए । हत्यापश्चात लक्ष्मणले वामीटक्सार प्रहरी चौकीमा मोतीबहादुरको हत्या गरेको भन्दै आत्मसमर्पण गरेको वडा अध्यक्ष कर्ण ध्वज जिसीले जानकारी दिए । जिल्ला प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतले घटनाको थप अनुसन्धान भइरहेको र शवसहित लक्ष्मणलाई जिल्ला प्रहरी कार्यालय ल्याइने तयारी भइरहेको जानकारी दिए ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0