भर्खरै विप्लव कार्यकर्ताबाट दुई वटा गाडीमा आगजनी

२०७६ श्रावण १५, बुधबार ०८:४९ गते २०७६ श्रावण १५, बुधबार ०८:४९ गते २०७६ श्रावण १५, बुधबार ०८:४९ गते

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सम्बद्ध समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएकाछन् ।

कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उहाँले बताउनुभयो ।यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभञ्याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।सेतो पाटि

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *