अष्ट्रेलियामा अवैध हुण्डिको कारोवार गर्ने एक नेपालीसहित पाँचजना पक्राउ !!

२०७६ श्रावण १५, बुधबार १७:३० गते २०७६ श्रावण १५, बुधबार १७:३० गते २०७६ श्रावण १५, बुधबार १७:३० गते

एजेन्सी । अष्ट्रेलियामा अवैध हुण्डिको कारोवार गर्ने एक नेपालीसहित पाँचजना गम्भिर प्रकृतिको अप*राध गरेको अभियोगमा पक्राउ परेका छन् । उनीहरुको साथवाट अष्ट्रलिया प्रहरीले स्रोत नखुलेको १० करोड अस्ट्रेलियन डलर ९७ अर्ब ६१ करोड १३ लाख० रुपैया समेत बरामद गरेको छ । सेक्युरिटी व्यापार कम्पनी खोलेर त्यसको आडमा अबैध कारोवार गरिरहेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । अष्ट्रेलियामा यो निकै गम्भिर प्रकृतिको घ*टना मानिन्छ । विभिन्न देशबाट अवैधरूपमा रकम ओसारपसार गर्ने गरेको खुलेपछि प्रहरीले प*क्राउ गरि अनुसन्धान थालेको छ । पक्राउ पर्ने नेपालीमा २९ वर्षीय विपिन थापा हुन् । उनको ठेगाना भने खुलाइएको छैन । उनीसहित ३० वर्षीय गगनदीप पवा र ३० वर्षीय गोपाली दहल पनि पक्राउ परेका छन् । दुई जनालाई असार २६ गते प*क्राउ गरेको हो । तीनदेखि चार वर्षको अवधिमा यो समूहले ८ देखि १० करोड अस्ट्रेलियन डलरको अवैध हुन्डी कारोबार गरेको भेटिए पछि प्रहरीले अनुसन्धान थालेको छ । अस्ट्रेलिया क्रि*मिनल ग्रुप्स स्क्वाडले थापासहित गगनदीप र गोपालीलाई प*क्राउ गरेको हो । यो ठूलो हुन्डी कारोबारका मुख्य अभियुक्त गगनदीप हुन् । गोपाली उनकी घरेलु साझेदार भएको अनुसन्धान अधिकारीहरूले उल्लेख गरेका छन् । प्रहरीले तीनजना प*क्राउ परेको केही समयपछि पुनः दुई जनालाई प*क्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय र अस्ट्रेलियन नागरिक भएको स्थानीय संचारमाध्यमले जानकारी दिएका छन् । विभिन्न मुलुकवाट हुण्डी कारोवार मार्फत रकम जम्मा गरेको भेटिएको त्यहाँको समाचार एजेन्सीहरुले प्रहरीलाई हवाला दिँदै बताएका छन् । गगनदीप सञ्चालक रहेको कम्पनीको नाउँमा एकै दिन स्रोत नखुलेको ४ लाख ४५ हजार डलर बैंक अफ न्यु साउथ वेल्समा जम्मा भएको थियो । उनीहरूले एकपटक ४५ हजार डलर, अर्कोपटक ५५ हजार र दुईपटक ७५/७५ हजार डलर बैंकमा जम्मा गरेका थिए । त्यसको भोलिपल्ट उनीहरूले ९ पटक गरेर १ लाख ९५ हजार डलर जम्मा गरेपछि अनुसन्धान अधिकारीहरूले उनीहरूमाथि निगरानी बढाएका थिए । आपराधिक समूहबाट आएको रकमसमेत उनीहरूको खातामा जम्मा हुने गरेको अनुसन्धानले देखाएको छ । सन् २०१६ देखि २०१८ सम्म गगनदीप यस कम्पनीको निर्देशक तथा सचिव थिए । त्यसयता भने दहल यस कम्पनीका निर्देशक र सेयर धनी रहँदै आएकी छिन् । रकम परिचालन गर्ने कार्यमा थापाको संलग्नता देखिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *