सन्दर्भ अष्ट्रेलियाको दुख:मय दुर्घटना : समीक्षाले सायदै सोचेकी थिइन् मृत्यु नजिकै छ !

२०७६ श्रावण १५, बुधबार १९:५९ गते २०७६ श्रावण १५, बुधबार १९:५९ गते २०७६ श्रावण १५, बुधबार १९:५९ गते

गत आइतबार अष्ट्रेलियामा उज्यालो हुनै बाँकी थियो। स्थानीय समयअनुसार बिहानको ३ बजेको थियो। पाँच जना नेपाली युवा विद्यार्थी अस्ट्रेलियाकै अग्ला पहाड रहेको स्नोवी माउन्टेनतर्फ कारमा हुइँकिए। गाडीमा यात्रा गरिरहँदा समीक्षा सुवेदीले स्मार्टफोन निकालिन्। फेसबुक एप खोलिन् र भिडियो लाइभ सुरु गरिन्। २२ वर्षे उनी सिड्नीस्थित क्विन्सफोर्ड कलेजमा अध्ययरत नेपाली विद्यार्थी हुन्।‘हामी क्यानबेरा जाँदैछौँ, यहाँ अन्ताक्षरी चलिरहेको छ’, उनले कारभित्रबाट रमाइलो क्षण सेयर गर्दै एक जना साथीलाई भनेकी छिन्, ‘यो मेरो चंखे बाँदर!’

भिडियो लाइभ गर्दै उनले एउटा गीत समेत गाइन्। ‘मुटु माग्यौं तिमीले मैले बाँच्नुपर्छ, मै मरे तिमीलाई कसले माया गर्छ’, उनले फेसबुक दर्शकलाई दीपक लिम्बूको गीत सुनाइन्।फेसबुकको भिडियो क्लिप हेर्दा लाग्छ केही मिनेटभित्रै हुने दुर्घटनाबारे उनले कल्पनै गरेकी थिइनन्।कारभित्र समीक्षासहित गोपाल भण्डारी, सागर भट्टराई, संगीता देवकोटा र अश्विन कँडेलसहित थिए। समीक्षा भिडियो लाइभमा रमाइरहँदा नेपाली विद्यार्थीको यो समूह दक्षिणी क्यानबेराको मोनारो हाइवे पुग्दै थियो। लाइभ सकिएको केही बेरमै माज्डा–६ सेडान कार व्यस्त हाइवे छोडेर रुखमा गएर बज्रियो।

यो भयानक दुर्घटनामा स्याङ्जा पुख्र्यौली घर भएकी तिनै रमाइली समीक्षाले ज्यान गुमाइन्। चितवनका गोपाल भण्डारीको निधन भयो। बाँकी ३ जना घाइते भए।‘जीवनमा देखेमध्येकै सबैभन्दा भयानक दुर्घटना दुर्घटना भएको केहीबेरमै इमर्जेन्सी सर्भिसको सहयोगमा घटनास्थलमा प्रहरी पुग्यो। क्विनबियान प्रहरीकी इन्स्पेक्टर स्यान्डी ग्रीन दुर्घटनास्थल पुग्ने मध्येकी एक प्रहरी अधिकारी हुन्। उनी यसअघि यस्तो विभत्स दुर्घटना कहिलै नदेखेको बताउँछिन्।

‘म एक २६ वर्षीया प्रहरी अधिकारी हुँ यो दृश्य देखेपछि किन यस्तो हुनपुग्यो भनेर म आफैँ दुःखी हुनपुगेँ’, उनी भन्छिन्, ‘उनीहरुले सिटबेल्ट प्रयोग गरेका थिएनन्। यो दुर्घटना मैले जीवनमा देखेमध्येको सबैभन्दा भयानक हो।’सिड्नीस्थित नेपाली समुदायका एक अगुवा ऋषि आचार्यका अनुसार कंगारु सडकमा देखिएपछि त्यसलाई बचाउन खोज्दा दुर्घटना भएको हो।न्यु साउथ वेल्सका प्रहरी प्रवक्ताकाअनुसार २२ वर्षीय ड्राइभरले कारको नियन्त्रण गुमाएपछि रुखमा ठोक्किएर दुर्घटना भएको हो। कारले धेरै पटक बल्ड्याङ खाँदा भण्डारीको मृत्यु भएको प्रहरी अनुमान छ। दुर्घटनाको खबर फैलिएसँगै समीक्षाका साथी र परिवारले फेसबुकमा समवेदना पोष्ट गरेका छन्। उनको अन्तिम भिडियोमा ३ सय कमेन्ट, ७० हजार भ्युज भएको छ। रबिन सापकोटाले भनेका छन्, ‘म एकदमै पत्याइरहेको छैन, शान्तिपूर्ण विश्राम होस् प्यारी!’नेपाल खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *