काठमाडौं – रुपक डोटेलको एल्बम “लवगुरू”मा समावेश ‘कस्तो नशालु’ बोलको गीत सार्वजानिक भएकोछ ! एक महिला टेम्पो ड्राईभर र टेम्पुमा यात्रा गर्ने यात्री बिचको माया प्रेम लाई भिडियोमा प्रस्तुत गरिएको छ ! नशालु हेराईले यात्री लाई फिदा बनाउने सुन्दरी टेम्पु ड्राईभर मोडेल अन्जु चौलागाई हुन्न भने सुन्दरिको हेराईमै फिदा हुने कृष्ण कुमार बोहोरा हुन्न ! भिडियोमा चाबहिलबाट रत्नपार्क सम्मको यात्रामा एक यात्रुले सुन्दरी ड्राईभर देखे पछी मनमनै देखेको सपनालाई उतारिएको छ ! बिबी थापाको शब्द,मनोज चौलागाई को संगीत/संगीत संयोजन रहेको ‘कस्तो नशालुमा गायक रुपक डोटेलले आफ्नो जादुमयी आवाज भरेकाछन्न ! गायक रुपक डोटेलको ‘लवगुरु’ यस अघिनै सार्वजानिक भई सकेकोछ ! मोडेल अन्जुको सुन्दरता अनी नशालु हेराईको कारण भिडियो उत्कृष्ट बनेको कुरामा कुनै दुईमत छैन ! भिडियो भाका इन्टरटेनमेण्टले निर्माण,गणेश शाहीको निर्देशन रहेको ‘कस्तो नशालु’मा अन्जु चौलागाई र कृष्ण कुमार बोहोराको अभिनय,फराज अर्पनको छायाङ्कन/सम्पादन रहेको छ ! गीतको भिडियो ओएस.आर.डिजिटलको युटुब मार्फत सार्वजानिक भएकोछ !
Views: 0