निगालोका टुसाको व्यापार : किन्नेको हानथाप

२०७६ श्रावण १७, शुक्रबार ११:४१ गते २०७६ श्रावण १७, शुक्रबार ११:४१ गते २०७६ श्रावण १७, शुक्रबार ११:४१ गते

लमजुङ सदरमुकाम बेसीशहरलगायतका बजारमा निगालोका टुसाको व्यापार सुरु भएको छ । वर्षाको सिजनमा पाइने निगालोका टुसा उच्च लेकदेखिका व्यापारीले बजार ल्याएर बिक्री वितरण गर्न थालेका हुन् । टुसा बजारमा पु-याएपछि किन्नेको हानथाप हुने गरेको छ । मागअनुसार आपूर्ति हुन नसक्दा टुसा एकैछिनमा सकिने गरेको छ । कतिपय समयमा त गाँउदेखि टुसा बिक्री गर्दै शहर आउँदा बाटोमै सकिने गरेको ब्यापारीहरू बताउँछन् ।

स्वादिलो तरकारीको रूपमा परिचित ग्रामीण क्षेत्रमा पाइने निगालोको ‘टुसा’ धेरैले रुचाउने हुँदा बजारमा टुसाको हानथाप हुने गरेको छ । “मौसमी तरकारी हो, स्वादिलो हुन्छ, साउन लागेपछि जिब्रोले पनि टुसाको स्वाद खोज्छ,” बेसीशहरका पुष्पा आचार्यले भने ।सदरमुकाम बेसीशहरसहित खुदी, उदीपुर, भोटेओडारलगायतका बजारमा टुसाको व्यापार निकै राम्रो हुने गरेको छ । जिल्लाको उत्तरी भेगका बासिन्दालाई अहिले टुसा टिप्न र बिक्री गर्न भ्याइ नभ्याइ छ । “गाउँभन्दा धेरै माथि जंगलमा गएर टिप्नुपर्छ,” घनपोखराकी टुसा व्यापारी श्रीमती विकले भनिन्, “एक डोका टुसा टिप्न दुई दिन हिँड्नुपर्छ ।” टुसाको शहरी क्षेत्रमा अत्याधिक माग भएकाले ‘टुसा’ भाँच्न ग्रामीण भेगका बासिन्दा लेकका जंगल पुग्ने गर्दछन् । प्रायः साउनदेखि असोज महिनासम्म जंगलमा टुसा पाइन्छ ।

दुई हजारदेखि चार हजार मिटर उचाइका भीरमा पाइने निगालोको टुसा ग्रामीण भेगका नागरिकका लागि आम्दानीको राम्रो स्रोत बनेको छ । दैनिक एकजनाले दुई हजारदेखि तीन हजारसम्मको टुसा भाँच्ने गर्दछन् । लेकदेखि सदरमुकामसम्म आइपुग्दा तीन दिनसम्म लाग्ने व्यापारीहरू बताउँछन् । गतवर्ष प्रतिमुठा ६० देखि ९० रूपैयाँसम्ममा बिक्री भएको टुसा अहिले ८० देखि एक सय रूपैयाँसम्ममा बिक्री भइरहेको छ । टुसालाई तरकारी, अचार र सुप बनाएरसमेत प्रयोग गर्न सकिन्छ ।कारोबार डेली

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *