मिर्गौला तस्करीमा प्रहरी नै संलग्न: काठमाडौंमा बेहोस बनाइएका खड्काको सुनौलीबाट यसरी गरियो उद्धार

२०७६ श्रावण १८, शनिबार १८:०२ गते २०७६ श्रावण १८, शनिबार १८:०२ गते २०७६ श्रावण १८, शनिबार १८:०२ गते

काठमाडौं– बहालवाला प्रहरीकै संलग्नतामा मिर्गौला तस्करी भएको पाइएको छ। बेहोस बनाएर भारत पुर्‍याई मिर्गौला निकाल्न खोज्ने व्यक्ति पक्राउ परेसँगै यस घटनमा प्रहरीकै संलग्नता रहेको पाइएको हो।मिर्गौला तस्करीमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगन्जले बहालवाला प्रहरीका सईसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी गण नम्बर १ का सई योगेन्द्रराज थपलिया, पूर्वहवल्दार थनितनसिंह गुरुङ, रमेश कार्की र नारायण पराजुली छन्। उनीहरुको समूहले काभ्रेको बाङ्थलीका विष्णु खड्कालाई बेहोस बनाएर मिर्गौला निकाल्न भन्दै भारत पुर्‍याएका थिए। खड्कालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले उद्धार गरेर ल्याएपछि उनकै बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको वृत्तका डिएसपी फणीन्द्र प्रसाईले जानकारी दिए।मिर्गौला बेचे धेरै पैसा आउने भन्दै सई थपलिया लगायतले प्रभावमा पारेको पीडितले बताएका छन्।

त्यसपछि उनी मिर्गौला दिन तयार भएका थिए। वीर अस्पताल नजिकको एउटा क्लिनिकमा लगेर खड्काको मिर्गौला जाँच गरिएको थियो। मिर्गौला ठिक भएको रिपोर्ट आएपछि सुई लगाएर बेहोस बनाएर उनीहरुले सुनौली पुर्‍याएका थिए। त्यसपछि मात्रै उनको होस आएको थियो।खड्का हराएपछि उनका परिवारले प्रहरीमा उजुरी दिइसकेका थिए। सोही अनुसार खोजीमा जुटेको प्रहरीले भारतमा मिर्गौला निकाल्न लगिँदै गरेका उनलाई उद्धार गरेको हो।पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। स्वास्थ खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *