काठमाडौं । बालुवाटारको विवादित जग्गा काण्डले गर्दा आत्महत्या गरेका भनिएका पूर्व नासु युक्तप्रसाद श्रेष्ठको मृत्युप्रकरणबारे छानबिन हुनुपर्ने माग प्रतिपक्षी काँग्रेसले गरिरहेको छ। उनको आत्महत्या होकि हत्या भन्ने बिषयमा अनेक टिका टिप्पणी भैरहेका छन्। सार्वजनिक भएको सीसीटीभी फुटेमा मृतक श्रेष्ठ दिउँसो १ बजेर ३९ मिनेटमा सपिङ सेन्टरको प्रवेशद्वारबाट भित्र छिरेको देखिन्छ। कालो पाइन्ट, सेतो सर्ट र पातलो ज्याकेट लगाएका श्रेष्ठ पहिलो तलादेखि चौथो तलासम्म ‘लिफ्ट’ प्रयोग नगरी भर्याङबाटै माथि गएको दृश्यमा देखिन्छ। चौथो तलासम्म फटाफट गएका उनी पाँचौं तलामा पुग्दा अलि अल्मलिएको देखिन्छ। हिँड्दा हात पछाडि राखेका श्रेष्ठसँग दृश्यमा सँगै अरु कोही पनि देखिँदैनन्। हेर्नुहोस् फुटेज भिडियो: इमेज च्यानल
उनले आत्महत्या गरेका हुन् वा हत्या भएको हो भन्ने विवाद चलिरहेका बेला ‘पोस्टमार्टम रिपोर्ट’मा भने शरीरको भित्र भागमा धेरै ठाउँमा चोटपटक लागेकाले मृत्यु भएको उल्लेख गरिएको छ ।
Views: 0