भारत लगेर १५ दिनसम्म १२ वर्षीया बालिका बलात्कार गर्नेसँगै आमा भागेपछि…

२०७६ श्रावण १९, आईतवार १२:०८ गते २०७६ श्रावण १९, आईतवार १२:०८ गते २०७६ श्रावण १९, आईतवार १२:०८ गते

काठमाडौं , साउन १९ : महोत्तरी भंगहा नगरपालिकाकी १२ वर्षीया बालिकालाई ‘धम्क्याउँदै’ भारत पुर्याएर १५ दिनसम्म लगातार बलात्कार गरिएको गत महिना पीडित बालिकाले नै खुलासा गरिन् । आमाकै संरक्षणमा बालिकालाई भारतको दिल्ली पुर्याएर १५ दिनसम्म निर्घात कुटपिट गरी बलात्कार गरिएको थियो । पटक–पटक बलात्कृत हुनबाट जोगिन र ज्यान जोगाउन बालिकाले इन्टरनेटको माध्यमले दिल्लीबाट नेपालमा रहेकी आफ्नी ठूली आमालाई घटनाबारे जानकारी गराइन् ।

रोजगारीको प्रलोभन देखाएर आमाकै संरक्षणमा भारतको दिल्ली पुर्याएर गाउँकै ४० वर्षीय सीताराम महतोले १५ दिनसम्म बलात्कार गरेको पीडित बालिकाले सुनाइन् ।बालिकाले दुखेसो पोख्दै भनिन, ‘मलाई बलात्कार गर्ने मान्छेसँग भागेकी आमाले मसँग छोरी गएकै थिइन भन्छिन् । अब म कुन आधारमा न्याय पाउँछु ।’ यो समाचार आजको नागरिक दैनिकमा कमलेश ठाकुरले लेखेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *