निर्मला प्रकरण : दैनिक दुई जनासँग बयान लिँदै प्रहरी

२०७६ श्रावण १९, आईतवार १८:१९ गते २०७६ श्रावण १९, आईतवार १८:१९ गते २०७६ श्रावण १९, आईतवार १८:१९ गते

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार/हत्याकाण्डमा कञ्चनपुर प्रहरीले ‘घटनास्थल’ पहिचानमा केन्द्रित भएर अनुसन्धान गरिरहेको छ। शव भेटिएको उखुबारी नै घटनास्थल हो वा अन्य स्थानमा बलात्कार/हत्या गरेर शव त्यहाँ फालिएको हो भन्ने विषयमा केन्द्रित भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुई सिराबाट निर्मला प्रकरणको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर)का प्रमुख एसपी दिनेश आचार्यले बताए । घटनास्थल पहिचान गर्ने अवस्थामा अनुसन्धान केन्द्रित रहेकोे उनले जानकारी दिए।

‘हामी दुई पाटाबाट अनुसन्धानमा छौँ,’ उनले भने, ‘एउटा अपराधस्थल अथवा घटनास्थल पहिचानमा केन्द्रित अनुसन्धान अर्थात् घटना त्यही ठाउँमा भएको हो वा फरक ठाउँमा भएको हो, यो कुरामा केन्द्रित भएर अनुसन्धान गरिरहेका छौँ।’ यस्तै अर्काे पाटो- शंकास्पद व्यक्तिहरूको पहिचान र खोज तथा उनीहरूका विषयमा अनुसन्धान।यसअघि अनुसन्धानको दायरामा नआएका तथा त्यसबेला यहाँ नरहेकाहरूको खोजी गर्दै उनीहरूसँग सोधपुछ भइरहेको एसपी आचार्यले बताए । ‘घटनामा संलग्न हुन सक्ने सम्भावित व्यक्तिहरूको पहिचान गर्दै सोधपुछ गर्नेतर्फ अनुसन्धान केन्द्रित छ,’ उनले भने, ‘यसअघि अनुसन्धानको बीचमा यहाँ नरहेका अहिले भेटिएका नयाँ मानिसहरूसँग सोधपुछ गर्ने गरिएको छ ।’ दैनिक एक/दुई जनासँग घटनाबारे सोधपुछ गर्ने गरिएको उनले जानकारी दिए।

‘प्रत्यक्षदर्शीले अनुसन्धानलाई लिड गर्दैन’ : निर्मला हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निलम्बित डीएसपी अंगुर जीसीले सतप्रतिशत दोषी किटान गरिएका भीमदत्त नगरपालिकाका दिलीपसिंह विष्टलाई घटनाका दिन सोही बाटोमा देख्ने प्रत्यक्षदर्शी तत्काल अनुसन्धानका लागि सामान्य भएको एसपी आचार्य बताउँछन्।‘प्रत्यक्षदर्शीका सवालमा हाम्रो अनुसन्धानलाई निष्कर्षमा पु¥याउने किसिमको प्रमाण छ भने हामी लिन्छौं, अनुसन्धानमा सहयोग गर्दैन भने लिँदैनौँ,’ उनले भने, ‘तत्कालका लागि प्रत्यक्षदर्शीलाई नै प्रमाण मानेर निष्कर्षमा पुगिहाल्ने अवस्था छैन । त्यति ठूलो प्रमाण छैन । तर सहयोगी प्रमाण बन्न सक्छ ।’ ती प्रत्यक्षदर्शीलाई भेटेर कुराकानी गरिएको एसपी आचार्यले बताए।

सूचनाका रूपमा सबै कुरालाई लिने, तर त्यसले अनुसन्धानलाई कतिसम्म लिड गर्छ त्यस तरिकाले जाने गरेको उनले बताए। यसै तरिकाले पछिल्लो समय निर्मला प्रकरणमा दिलीपसिंह विष्टलाई घटनाकै दिन सोही बाटोमा जाँदै गरेको देख्ने प्रत्यक्षदर्शीलाई पनि लिएको, तर निष्कर्षमा पु¥याइहाल्ने खालको नभएको एसपी आचार्यको भनाइ छ। निर्मलाको बलात्कारपछि हत्या भएको १ वर्षभन्दा बढी समय बितिसकेको छ।

एक वर्षको अवधिमा निर्मला हत्याका दोषी पहिचान हुन सकेनन्, तर यो प्रकरण सधैँभरि सरकार र नेपाल प्रहरीका पेचिलो बन्यो । निर्मलाको न्याय माग गर्दै महेन्द्रनगरबाट सुरु आन्दोलन देशैभर चर्कियो । नयाँ–नयाँ तथ्य सतहमा आए, तर अपराधी पत्ता लाग्न सकेका छैनन्।२०७५ साउन १० गते विद्यालयको ‘गृहकार्य’ गर्न भनेर साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्म्त अर्को दिन बलात्कारपछि हत्या भएको अवस्थमा उखुबारीमा उनको शव भेटिएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *