काठमाडौं, १९ साउन : आज साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च बिन्दूमा पुगेको छ। आज सुनको भाउ साथै चाँदीको भाउ पनि बढेको छ।गत शुक्रबार प्रतितोला ८ सय रुपैयाँ भढेर ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रुपैयाँ बढेर ६६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।
त्यस्तै शुक्रबार प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ५ सय रुपैयाँले बढेर ६६ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज चाँदीको भाउ भने ५ रुपैयाँले मात्र बढेको छ। आज चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ।pnpkhabar
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0