नगर प्रमुख शाह को पहल मा बहादुरगंजमा नेपाल बैंक लिमिटेड को शाखा खोलिने

२०७६ श्रावण १९, आईतवार २१:५८ गते २०७६ श्रावण १९, आईतवार २१:५८ गते २०७६ श्रावण १९, आईतवार २१:५८ गते

सुबास बेल्बासे/कपिलवस्तु साउन १९

नेपाल बैंक लिमिटेडकाे शाखा बहादुरगंजमा खाेलिने बैंकका प्रदेशिक कार्यालय प्रमुख शेर्पाले प्रतिबद्धता व्यक्त गरेका छन ।
नगर प्रमुख रजत प्रताप शाहकाे प्रमुख अतिथ्यतामा अाज नेपाल बैंक लिमिटेड कृष्णनगर शाखाले एक्सटेन्सन शाखा कृष्णनगर
नगर-कार्यपालिकाकाे कार्यालयमा विस्तार गरेकाे छ ।

कार्यक्रममा नगरप्रमुख शाहले राष्ट्रिय वाणिज्य बैंककाे शाखा पुर्नस्थापनका लागि हामीले पटक पटक पहल गरेपनि अाउन नसकेकाेले नेपाल बैंककै शाखा भएपनि बहादुरगंज,जवाभारी,पत्थरदेईया,अजिगरा,उदयपुर ,कुशहवा र महराजगंज लगायत सेवाग्राही,उद्योगी व्यापारी किसान तथा पेन्सनधारीहरुलाई सहज हुने बताउनुभयाे ।
साे कार्यक्रमका विशिष्ट अतिथि नेपाल बैंक प्रदेशिक कार्यालयका प्रमुख पसांङ्ग दाेर्जे शेर्पाले वर्तमान अवस्थामा एउटा शाखा बहादुरगंजमा पनि अावश्यक रहेकाेले नगरप्रमुख र व्यापारी उद्योगीहरुकाे अनुराेधमा तत्कालका लागि कृष्णनगर शाखाकाे एक्सटेन्सन खाेलिनेछ , साथै शाखा स्थापनाका लागि अावश्यक प्रक्रिया पुर्याई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे जानकारी नेपाल बैंक लिमिटेडका कृष्णनगर शाखा प्रबन्धक सुरेन्द्र यादवले दिएका छन । उद्घघाटन कार्यक्रममा प्रनि प्रताप पैैाडेल , निर्भय सिंह , साकिर अहमद , प्रदिप चाैैैधरी लगायत नगरपालिकाका कार्यपालिका सदस्य तथा बैंक कर्मचारीहरु काे उपस्थिति थियाेे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *