चिनियाँ नागरिकले विमानस्थलबाट यसरी भित्र्याए चार किलाे सुन : चकित पार्ने प्रक्रिया !

२०७६ श्रावण २०, सोमबार ११:२४ गते २०७६ श्रावण २०, सोमबार ११:२४ गते २०७६ श्रावण २०, सोमबार ११:२४ गते

काठमाडौः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विदेशी नागरिक अवैध तरिकाबाट भित्र्याएको सुन सहित पक्राउ परेका छन्।विमानस्थलको भन्सार कार्यालयले चिनियाँ नागरिकलाई चार किलो सुनसहित आइतवार राति पक्राउ गरेको हो। ड्रागन फ्लाइटको के ए १०४ नम्बरको विमानबाट नेपाल आएका २३ वर्षीय ली निङ्क जी पक्राउ परेको भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए।

‘एक्सरे मेसिनमा चेक गर्दा सुन भेटिएको हो। थप अनुसन्धान गरिरहेका छौं‘, प्रमुख ठाकुरले भने। लीले कालो रंङको बेल्टमा सुन लुकाएर लगेजभित्र राखिएको अवस्थामा फेला परेको थियो। एक किलोको चारवटा बिस्कुल फेला परेको हो। बजारमा चार किलो सुनको मूल्य दुई करोडभन्दा बढी हुन आउँछ।पहिलो पोस्ट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *