नेपालमा भारतीयको नागरिकता रद्द, भारतमा चर्चा

२०७६ श्रावण २०, सोमबार १२:४८ गते २०७६ श्रावण २०, सोमबार १२:४८ गते २०७६ श्रावण २०, सोमबार १२:४८ गते

काठमाडौं । नेपाल सरकारले ८ जना भारतीयले नक्कली कागजातको आधारमा बनाएको नेपाली नागरिकता रद्ध गरेको प्रसंगले सोमबारका भारतीय सञ्चार माध्यममा चर्चा पाएको छ ।मन्त्रिपरिषद्को बैठकले सो सम्बन्धी निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइतबार जानकारी गराएका थिए । सरकारी समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले बनाएको समाचारमा यसरी नागरिकता रद्ध गरिनेमा अशोक साह, बिन्दे महतो, राजेन्द्र महतो, दानादेवी महतो, सुशील महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो भएको जनाइएको छ । पीटीआईले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता राकेश मिश्रसँग सो विषयमा कुराकानी पनि गरेको छ ।

उनले सो अवसरमा यस्तो निर्णय गर्नुअघि सरकारले उपयुक्त ढंगले छानबिन गर्नुपर्ने बताएका छन् । उनले सरकारले यसमा उपयुक्त अनुसन्धान गरेको विषयमा शंका रहेको जनाउँदै नागरिकता दिनेलाई चाहिँ छुट दिन नहुने बताएको समाचारमा जनाइएको छ ।पीटीआईको सो समाचार इन्डिया टुडे, टाइम्स अफ इन्डिया, द विकलगायतका सञ्चार माध्यममा प्रकाशित भएका छन् ।१२ खरी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *