सरकारी अस्पतालमा रोइ कराई गर्दापनि चिकित्सक नआएपछि गर्भवती महिला यसरी आफैले गरिन आफ्नो डेलिभरी

२०७६ श्रावण २०, सोमबार १३:२५ गते २०७६ श्रावण २०, सोमबार १३:२५ गते २०७६ श्रावण २०, सोमबार १३:२५ गते

नागपुरको एक अस्पतालमा सहयोगको लागि चिकित्सक नआएपछि २३ बर्षिय गर्भवती महिलाले आफ्नो डेलिभरी आफै गरेकी छिन। महिला भन्छिन ‘ जब मलाई सुत्केरी बेथाले च्याप्यो तब मेरो सामु कोहि थिएन। म मद्दतको लागि रोइ कराई गरिरहे। तर पनि कोहि चिकित्सक र नर्स मेरो स्वास्थ्य अवस्था बुझ्न आएनन। कोहि नआएपछि म आफैले डेलिभरी गरे। ‘ अहिले सुत्केरी महिला र बच्चा दुवै स्वस्थ छन्। उनको नाम सुकेश्नी दक्षिण हो। उनि नागपुरको हुदकेश्वरमा बस्छन। सोमबार उनलाई सरकारी अस्पतालमा भर्ति गरेका थिए। बेड खाली नभएपछि स्टाफले उनलाई जमिनमा नै सुताई दिए। उनको आफन्तले वरिष्ठ अधिकारिलाई भनेपछि महिला वार्डमा बेड दिएका थिए।

सोमबार बेलुका महिलालाई सुत्केरी बेथाले च्याप्न थाल्यो। त्यसपछि उनलाई लेबर वार्डमा लगे। दुखाई कम भएपछी डाक्टर बाहिर निस्के। तर मध्यरातमा फेरी उनलाई बेथाले च्याप्न थाल्यो। तब उनि सहयोगको लागि चिच्याई रहिन। तर कोहि आएनन। त्यसपछि उनले आफै डेलिभरी गरिन। सुकेश्नीका पति श्रीकांत भन्छन ‘डाक्टर र नर्सले गरेको लापरबाहीको सजाय पाउनु नै पर्छ। उनले हस्पिटलको प्रशासनमा पनि शिकायत गरिसकेका छन्। मेडिकल कलेजको एक्टिव डीन एनजी त्रिपुदेले यस घटना दुर्भाग्यपूर्ण रहेको बताएका छन्। र अनुसन्धान गर्न आदेश पनि दिएका छन्।pnpkhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *