ओमप्रकाश गुप्ता
लमही १७ भदौ । राप्ती डान्सिङ एण्ड सिङगीङ कम्पीटिसनको शनिवार लमहीमा भएको फाइनल राउण्डमा सुप्रिमा थापाले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् । देउखुरी नृत्य प्रशिक्षण कला केन्द्र लमहीको आयोजनामा भएको फाइनल राउण्डको अडिसनमा थापाले प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । त्यसै गरी निकिता गुरुङ र अनिशा खातुनले दोस्रो स्थान हासिल गरेका छन् । भने रुपेश कार्कीे तेस्रो र एन्जल सोमइमगर सान्त्वना भएकी छिन् । कला क्षेत्रको विकासका लागि आयोजना गरिएको कार्यक्रममा लोकगायक तथा मोडेल रामजी खाँड, कलाकारहरु कमल नारायणी,विनोद जिसी, अर्जुन, हरि बालिका लगायतका कलाकारहरुले पनि भरपुर्ण मनोरञ्जन दिएका थिए । कार्यक्रमको सञ्चालन विजय पुनले गरेका थिए ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0