महाप्रभु सहकारीको तीजगित प्रतियोगिता

२०७५ भाद्र १७, आईतवार ०५:१३ गते २०७५ भाद्र १७, आईतवार ०५:१३ गते २०७५ भाद्र १७, आईतवार ०५:१३ गते

ओमप्रकाश गुप्ता
लालमटिया १७ भदौ । महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियाको आयोजनामा शनिवार देउखुरीको घण्टदेव सामुदायिक वनको कार्यालय परिसरमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । ८ वटा समुहले भाग लिएको प्रतियोगितामा नेपाल महिला मगर संघ भालुवाङ प्रथम, बराखुटी महिला कृषक समुह दोस्रो, न्यु जेनेरेशन युवा क्लव नयाँबस्ती तेस्रो र प्रगतीशिल महिला समुुह नयाँबस्ती र सक्रिय महिला टोल समुह मसुरीयाले सान्त्वना स्थान हासिल गरेका छन् । संस्थाका अध्यक्ष रुक्माङगत ज्ञवालीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, २ का अध्यक्ष जगतबहादुर थापा, ३ का अध्यक्ष चन्दर चौधरी, पत्रकार महेश रिजाल र संस्थाका कोषाध्यक्ष रामकृष्ण पौडेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरिप्रसाद भुसालले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *