बठिंडा। पंजाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् । छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् । आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् ।किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघिदेखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने ।
साथीहरुको कुरा मानेर उनले पनि त्यो पाउडर सुँघेर हेरिन् । त्यसपछि विस्तारै त्यसको बानी भयो ।उनले विगत १ वर्षदेखि यसको नशा गर्दै आएको बताएकी छिन् । किशोरीका अनुसार गाउँकै केही युवकले लागूपदार्थको सप्लाइ गर्छन् । उनले ती केटाहरुलाई चिन्दिनन् किनकि यो नशा उनका साथीहरुकहाँ आउँछ । साथीहरुले पछि उनलाई दिन्छन् ।(पुन) हरेक आमाले आफ्नो छोरीलाई सिकाउनै पर्ने ५ कुरा :
एजेन्सी : हाम्रो समाजमा आमालाई भगवान स्वरुप मानिन्छ । संसारभर आमालाई ठुलो सम्मानका साथ हेर्ने गरिन्छ । आमाले घरमा देखाउने जिम्मेवारीलाई जति नै शब्दले वर्णन गरे पनि कम नै हुन्छ । परिवारमा सबैभन्दा ठुलो जिम्मेवारी आमाको भनेको बच्चाबच्चीहरुलाई एउटा राम्रो संस्कार दिनु हो । घरमा आमा आफ्ना छोरीका निम्ति अत्यन्तै गम्भिर हुने गर्छन् । उनीहरुको बानी व्यहोरालाई पनि उनीहरुले नजिकबाट नियाली जिम्मेवार बनाउन खोजीरहन्छन् । हरेक आमाले आफ्ना छोरीलाई बताउनै पर्ने ५ कुराहरु
- १. स्वाभिमानःहरेक छोरीलाई बताउन जरुरी छ की छोरी केही बन्न सक्छन् र कसैको भर नपरीकन आफ्नो स्वाभिमानमा खडा हुन् सक्छन् ।
- २.आफ्नो काम आफै गर्न सक्नुपर्छ:छोरीले आफ्नो काम आफै गर्न आमाले भन्नुपर्छ । आफ्नो कामको बोझ अरुमाथि थुपार्दा निर्भरता बढ्छ ।
- ३. करिअरको महत्व:आफ्नो खुट्टा उभिन करिअरको ठुलो भुमिका रहेको हुन्छ । पछि गएर कुनै पनि समस्या नहुन पहिला नै करिअरबारे आमाले छोरीलाई बुझाउन सक्नुपर्छ ।
- ४. अरुसगँ गरिने व्यवहार:छोरी ठुली हुदै जादाँ अरुसँग कसरी व्यवहार गरिन्छ यसबारे आमाले विभिन्न रुपमा सम्झाने काम गर्नुपर्छ । छोरीलाई थाहा होस् की कुरा गराइबाट कुन मानिसको नियत कस्ता छ ।
- ५. आफ्नो बचाउ गर्नसक्नुपर्छ:पछिल्लो समय युवतीहरुमाथि अत्याचारका घटनाहरु बाहिरी रहेका छन् । यसलाई रोक्न पनि आमाहरुले आफ्ना छोरीहरुलाई यसबारे खुलेर कुरा गर्न सिकाउनुपर्छ । विभिन्न हिंसाका सिकार भएका युवतीहरु चुप लागेर बसेका कारण महिला हिंसाले अस्रय पाएको छ । उनीहरुलाई विभिन्न खाले ट्रेनिङ दिएर आत्मविश्वास बढाउन आमाले सहयोग गर्नु पर्छ।
Views: 0