सुन तोलाको ७० हजार पुग्न आँट्यो ! कतिसम्म पुग्ला त ?

२०७६ श्रावण २२, बुधबार १२:२७ गते २०७६ श्रावण २२, बुधबार १२:२७ गते २०७६ श्रावण २२, बुधबार १२:२७ गते

सुनको मूल्य बृद्धिले बुधबार पनि निरन्तरता पाएको छ। आजको वृद्धिसँगै एक तोला सुन किन्न ग्राहकले करिब ७० हजार तिर्नुपर्नेछ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला ६९ हजार ५ सय रुपैयाँ तोकेको छ। यो मूल्य हालसम्मकै उच्च हो।यसअघि मंगलबार प्रतितोला ६८ हजार रुपैयाँ थियो। महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा भर पर्ने भएकाले कतिसम्म पुग्छ भनेर एकीन गर्न नसकिने बताए।

‘अहिले सुन महँगो भएपछि खरिद गर्नेहरु पनि छैनन्, व्यवसायको वातावरण समेत बिग्रिएको छ’ उनले भने ‘तीजका बेला राम्रो चहलपहल हुन्थ्यो, त्यो चहलपहल अहिले छैन।’यसअघि अमेरिकी फेडरल रिजर्भ बैंकले व्याजदर ०. २५ प्रतिशतले घटाएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेको छ। जसले मूल्यलाई केही दिनयता असर पारिरहेको छ।त्यस्तै अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व मत्थर नहुँदा पनि सुनको मूल्य बढेको शाक्यले बताए। ‘जव विकसित मुलुकहरुबीच व्यापारिक द्वन्द्व हुन्छ, त्यसले सुनको मूल्य बढाउँछ’ उनले भने।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार पनि सुनको मूल्य बढेर प्रतिऔंस १४८२ डलर पुगेको छ। नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड बनाए पनि अन्तर्राष्ट्रिय बजारमा भने २०११ अगष्टकै रेकर्ड तोडिएको छैन। त्यतिबेला अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १८ सय २८ डलरसम्म पुगेको थियो।जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुन अझै महँगिन सक्नेछ। ‘अमेरिका र चीनबीचको द्वन्द्व अझै बढ्यो र उत्तर कोरियाको त्रास फैलियो भने मूल्य अझै बढ्न सक्छ’ शाक्यले भने।सेतो पाटी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed